व्युटिसियन पेशामा चम्किँदै कविता बनियाँ


व्युटी न्युज नेपाल
काठमाडौं, २$ बैशाख

पछिल्लो समय युवा पुस्ताको व्युटिसियन पेशामा आकर्षण बढी रहेको छ । यस्तै युवा पुस्ताबाट व्युटिसियन पेशामा आएकी एक व्युटिसियन हुन कविता बानियाँ ।

कविताले व्युटिसियन पेशा सुरु गरेको पाँच वर्ष भयो । उनले सात वर्ष अघि कलंकीको न्यु आईटिसी ट्रेनिङ सेन्टरमा भर्ना भएरु दुई वर्षको व्युटिसियन सम्बन्धि तालिमसम्पन्न गरिन् । त्यसपछि यो पेशा रोजेकी हुन् । लगत्तै सिटिईभिटीबाट लेवल वानको स्किल टेष्ट परिक्षा उतिर्ण गरेपछि उनले व्युटी पार्लर सुरु गरेकी हुन् ।

कविताले १५ वर्षको उमेरमै २०७० सालमा काठमाडौंको रविभवन स्थित ‘केबी व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’ सुरु गरेकी हुन् । काभ्रेको ओर्लिनीमा २० वर्ष अघि कुलबहादुर बानियाँ र इश्वरी बायिनाँको कान्छी सन्तानको रुपमा जन्मिएकी कविताले प्लस टु सम्पन्न गरेकी छिन् ।

पाँच वर्ष अघिबाट सुरु गरेको केवी व्युटी पार्लर मार्फत उनले ग्राहकरुलाई व्युटी सम्बन्धि सेवा दिँदै आएकी छिन् । आफुलाई बाल्यकाल देखि नै राम्रो बन्ने चाहना जागेकाले अहिले आएर व्युटिसियन भएको पनि उनले जानकारी गराईन् ।

स्कुल पढ्दा व्युटी सम्बन्धिको अनुभवबारे उनले भनिन्,‘घरमा गाली गर्दा पनि त्यतिबेला म आँखामा गाजल, ओठमा लिपस्टिक, मुहारमा पाउडर लगाएर चिटिक्क परेरमात्र स्कुल जान्छे । त्यत्तिबेला देखिनै राम्री बन्ने रहरले गर्दा पछि व्यटिसियन पेशा तर्फ आकर्षित भएँ ।’

सुरुका दिनमा अध्ययनमा लाग्न परिवारले प्रेरित गरेपनि पछि व्युटी पेशा पनि राम्रै भएकाले यो पेशामा लाग्दा हुन्छ भन्ने सल्लाह कवितालाई बुबा आमाले दिए । त्यसपछि आफु ढुक्क भएर यो पेशामा लागेको उनले बताईन् ।

व्युटी पार्लर पेशाको कमाई बारे उनले भनिन्,‘अहिलेसम्म पार्लरको कमाईले मज्जाले खर्च चलेको छ । घरबाट माग्नु नपर्ने भएकाले यही नै ठुलो कुरा भयो नी ।’ पार्लर चलाउँदा खर्च राम्रै हुने गरे पनि मासिक २०÷२५ हजार रुपैयाँसम्म राम्ररी नै बचत हु्ने गरेको पनि कविताले बताईन् ।

केबी व्युटी पार्लरमा आफुले बडी मसाज, सबै प्रकारको फेसियल, क्लिन्जिङ, थ्रेडिङ, हेयर कट, मिनी केयर, पेडी केयर जस्ता विभिन्न व्युटी सम्बन्धि सेवा दिने गरेको पनि कविताले बताईन् । अहिले यसलाई लेडिज पार्लरको रुपमा चलाउँदै आए पनि चाँडै नै जेन्स पार्लरको रुपमा समेत सञ्चाल गर्ने पनि कविताले जानकारी गराईन् ।

केवी व्युटी पार्लरलाई चाँडै नै शाखा बढाउने योजना पनि उनले सुनाईन् । अब खुल्ने नयाँ शाखाले जेन्सलाई पनि सेवा दिने व्यबस्था मिलाउने पनि कविताले जानकारी गराईन् ।

उमेरले २० वर्ष पुगेको कविता अविवाहित छिन् । अहिले उनी व्युटिसियन पेशामा आबद्ध छिन् । उनी ८ कक्षा पढ्दा देखि नै यो पेशासँग नजिक भएकी हुन् । त्यसैले अहिले व्युटी पेशामै करिअर बनाउन चाहन्छिन् । विवाह कहिले त भन्नेबारे उनले भनिन्,‘मैले अझै व्यु्टी क्षेत्रमा धेरै गर्नु छ । त्यसैले ५,६ वर्ष अघि विवाह गर्ने सोच बनाएकी छैन ।’

एक महिना अघि काठमाडौंमा सम्पन्न व्युटिसियनहरुको सौन्दर्य प्रतियोगिता ‘व्युटिसियन ट्यालेन्ट नेपाल–२०१८’मा सहभागी भएकी कविताले सो प्रतियोगितामा ‘हेल्दि फिगर व्युटिसियन’ र ‘फेसबुक च्वाईस व्युटिसियन अवार्ड–२०१८’ गरी दुई विधामा अवार्ड जितिन् ।

यो प्रतियोगितामा सहभागी हुँदा क्याटवाक, सेल्फ मेकअप, फिल्म मेकअप, नेल आर्ट, नयाँ नयाँ हेयर स्टाईल, पब्लिक स्पिच, मिडिया जस्ता विभिन्न कुरा सिक्ने अबसर पाएको उनले बताईन् । त्यो भन्दा पनि ठुलो कुरा आफु मिडियामा आउँदा त्यत्तिकै खुसी लागेको पनि उनले बताईन् ।

छोटो समयमा यो पेशामा आफुलाई परिचित बनाएकी कविता अझ परिपक्क हुनको लागि चाँडै नै बिदेस गएर व्युटी सम्बन्धि थप प्रशिक्षण लिने पनि उनले जानकारी गराईन् । अब मेकअप र हेयर स्टाईल सम्बन्धि थप एडभान्स कोर्ष पुरा गरेर केपी व्युटी पार्लरको नयाँ शाखा बिस्तार गर्ने योजना उनले सुनाईन् ।