धनगढीमा रणबीरको बाँकी छायाँकन जारी


काठमाडौं, २० बैशाख

काठमाडौंपछि धनगढी पुगेको चलचित्र ‘रणवीर’ को छायाँकन यतिबेला धनगढी, महेन्द्रनगर लगायतका क्षेत्रमा रमणीय स्थलमा भईरहेको छ । झन्डै तिन हप्ते सेड्युल लिएर त्यहाँ पुगेको युनिटले केहि दृश्य र दुई गीतको छायाँकन गर्ने निर्माण युनिटले जनाएका छन् । रणबीरको महेन्द्रनगरको छायाँकन लगभग सकाएको छ भने धनगढी, घोडाघोडी ताल लगायतका रमणीय स्थलमा छायाँकन धमाधम हुँदैछ ।

एक्सन, सस्पेन्स र थ्रिल मिश्रित फिल्मको काठमाडौंमा ६५ दिनको छायाँकन उपत्यकामा सकिएपछी निर्माण युनिट धनगढी पुगेको हो । निर्माण घोषणामै महँगो बजेट भनेइको फिल्मलाई विना सम्झौता छायाँकन गरिरहेको युनिटको भनाइ छ ।

फिल्ममा प्रशान्त ताम्राकार, सुशील सिटौला, सुपुष्पा भट्ट, टिका पहारी, रवी गिरी, नरेश पौडेल, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिश रिजाल, बसन्ती भट्ट शैलेश्वरी सिंह लगायतको अभिनय रहेको छ । मोडल तथा पूर्व मिस नेपाल इन्टरनेशनल शुभेच्छा खड्काले यही चलचित्रबाट अभिनयमा डेब्यु गर्दै्छिन ।

महेश पौडेलको छायाँकन रहने रणबीरमा चन्द्र पन्तको द्वन्द, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत छ । गम्भिर विष्ट र सुरेन बसेलले कोरियोग्राफी गरिहेका छन् ।

शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथालाई लिएर बनिरहेको फिल्मलाई गोविन्दसिंह भण्डारीले निर्देशन गरिरहेका छन् । दिपेन्द्र रेग्मी र गोमा विष्टले संयुक्त रुपमा ‘रणवीर’ निर्माण गरिरहेका छन् ।