निर्देशक सुवास कोईरालाले गरे विवाह


काठमाडौ, ११ बैशाख

चलचित्र निर्देशक सुवास कोईराला दाम्पत्य जीवनमा बाँधिएका छन् । काठमाडौंकी इन्दिरा सापकोटासँग उनको विवाह भएको हो । निर्देशक सुवासले इन्दिरासँग प्रेम विवाह गरेका हुन् ।

इन्दिरा पनि चलचित्र क्षेत्रसँग नजिक छिन् । चलचित्र पलासमा काम गर्दा इन्दिरा र सुवासबीच भेट भएको थियो । तीन वर्ष अघिको त्यो भेट प्रेममा परिणत भएपछि सुवास र इन्दिरा विवाह बन्धनमा बाँधिएका हुन् ।


अपबाद, पुन्टे परेड, आवरण, पलाँस जस्ता चलचित्र निर्देशन गरिसकेका सुवासले ६ बैशाखमा इन्दिरासँग विवाह गरेका हुन् । उनले सोमबार बेलुका काठमाडौंको मध्य बानेश्वर स्थित मोजो बुटिक होटलमा विवाह पार्टी (रिसेप्सन)को आयोजना गरेका थिए ।

पार्टीमा हाल निर्माण भईरहेको सुवासको नयाँ चलचित्र गरुड पुरुणका विभिन्न कलाकार सहभागी थिए । यस्तै चलचित्र क्षेत्रका विभिन्न कलाकार, निर्देशक, निर्माता तथा प्राविधिकहरुको पनि पार्टीमा उपस्थित रहेको थियो ।