स्कुल पढ्दा पढ्दै व्युटिसियन बनेकी थिइन् निरुपा


काठमाडौं २३ चैत

व्युटिसियन पेशालाई नै मुख्य आधार बनाएर अघि बढेकी व्युटिसियन हुन् निरुपा गड्तौला । उनले व्युटिसियन पेशा अँगालेको २२ वर्ष भयो ।

काठमाडौंको बालुवाटारमा मन्नु प्रसाद गड्तौला र अपरा गड्तौलाकी पहिलो सन्तानको रुपमा जन्मिएकी निरुपालाई बाल्यकाल देखि नै व्युटिसम्बन्धि रहर थियो ।

 


स्कुल पढ्दा नै उनी आफन्तलाई सृँगार गर्न अघि सर्थिन । यसरी व्युटिसियन बन्ने छोरीको चाहना देखेपछि निरुपालाई स्कुल पढ्दा नै बुबा आमाले व्युटिसियन तालिममा आबद्ध गराइदिनु भयो ।

२०४८ सालमै श्रम बिभागबाट व्युटिसियन सम्बन्धि प्रशिक्षण लिएपछि उनले १० कक्षा पढ्दा पढ्दै व्यबसायिक रुपमा यो पेशा अँगालेर आफुलाई व्युटिसियनको रुपमा परिचित बनाईसकेकी थिईन् ।

यसपछि उनले काठमाडौंको बागबाजर स्थित एञ्जल व्युटी पार्लरबाट एक वर्षको व्युटिसियनसम्बन्धि डिप्लोमा कोर्ष पुरा गरिन् । निरुपाले सो कोर्ष सकेपछि यो पेशालाई पूर्ण व्यबसायिक रुपमा अँगालेकी हुन् ।

 

डिप्लोमा पछि एन्जल व्युटी पार्लरमा सिक्दै सिकाउँदै अघि बढ्ने क्रममा २०५१ सालमा उनी रेयुकाई नेपालमा व्युटिसियन प्रशिक्षको रुपमा आबद्ध भईन् । रेयुकाईमा उनले तीन वर्षसम्म व्युटिसियन प्रशिक्षक भएर करिब दुई हजार व्युटिसियन जन्माईन् ।

सोही क्रममा पार्लरलाई मुल व्यबसाय बनाएर उनले बालुवाटरमा २०५३ सालमा ‘शिवानी व्युटी पार्लर’ सञ्चालनमा ल्याईन् । सोही पार्लरलाई पछि महाराज गञ्जमा सारेर उनले व्युटिपार्लर व्यबसायलाई निरन्तरता दिँदै आएकी छिन् ।
व्युटिसियनकै रुपमा उनले बिदेशमा पुगेर पनि सेवा दिएकी छिन् ।

 

 

सन २००५मा व्युटिसियनको रुपमा सिँगापुर गएकी निरुपाले त्यहाँको ‘टिन क्रिएटिभ मेकअप स्टुडियो’मा पाँच वर्षसम्म काम गरिन् । सुरुमा इन्स्टक्टरको रुपमा सो स्टुडियोमा आबद्ध भएकी उनी एक वर्षमै सो स्टुडियो तथा पार्लरको म्यानेजर भईन् । पाँच वर्षको कन्टयाक्ट सकिएपछि उनी नेपाल आएकी थिईन् । त्यसपछि उनी फेरी युएई (दुबई) पुगिन् ।

 

आफ्नै लगानीमा उनले युएईको सारजहाँ स्थित ‘अलबैदर सलुन’ सञ्चालनमा ल्याईन् । त्यहाँ साँढे चार वर्ष यो सैलुन चलाएपछि परिवारको आग्रहमा त्यहाँका सलुन बेचेर नेपाल आएकी हुन् । सुलन बेच्ने क्रममा एक जना नेपाली महिलाले नेपाल पठाईदिन्छु भनेको ४५ हजार दिराम अझै नदिएको पीडा निरुपाले व्युटी न्युज नेपालसँग पोखिन् ।

 


नेपाल आएपछि पुन काठमाडौंको महाराज गञ्ज, सल्लाघारीमा उनले ‘टिन क्रियटिमा ब्युटी पार्लर एन्ड स्पा’ सुरु गरिन् । बिगत ६ वर्ष देखि यो पार्लर सञ्चालन गर्दै आएकी उनले टिन क्रियटिभ व्युटी पार्लर सेवामा मेकअप, ब्राईडल मेकअप सहित व्युटी र स्किन सम्बन्धि सम्पूर्ण सेवा दिँदै आएकी छिन् । यस्तै स्पा तर्फ उनले मोरक्कन बाथ, बडी मसाज लगायतको सेवा प्रस्तुत गर्दै आएकी छिन् ।

 

बिदेश बस्ने क्रममा व्युटिसियन सम्बन्धि विभिन्न आधुनिक प्रविधि र प्रयोग सिकेर नेपाल आएपछि त्यही सिपलाई प्रयोग गरेर व्युटी पार्लरसँगै उनले स्पा पनि सञ्चालन गर्दै आएका छन् ।

 


काठमाडौंकै सम्पन्न परिवारकी निरुपालाई व्युटिसियन पेशामा लागेकोमा गर्व छ । यो पेशाको कमाईले आफुसँगै परिवारको आर्थिक अबस्था र खर्च राम्ररी धान्दै आएकी उनले टिन क्रियटिभ मार्फत पार्लर र स्पाको प्रशिक्षण दिँदै आएकी छिन् ।