नर्स श्रीया बनिन पाँचौं मिस नेपाल पिस


काठमाडौं, ११ चैत

मिस नर्स नामले आयोजना गर्दा नर्स काउन्सिलले बन्द गराएको सौन्दर्य प्रतियोगिता दुई वर्ष यताबाट ‘मिस नेपाल पिस’को नाममा आयोजना हुँदै आएको छ ।

यही प्रतियोगिताको पाँचौ संस्करण ‘मिस नेपाल पिस–२०१८’ को उपाधि काठमाडौ लैनचौर निवासी २३ बर्षीया श्रीया रजकले जितेकी छन् ।

बिएससी नसिङको पास रजकले अन्तिम प्रतिस्पर्धामा  २३ प्रतियोगीलाई उछिन्दै मिस फोटोजेनिक उपाधिका सहित मिस नेपाल पिसको शिर्ष उपाधि चुमेकी हुन् । उनले ५० हजार रुपैयाँ, नेपाल बेष्ट क्यान्सर फाउन्डेसन सेवाको गुडबिल एम्बसेडर लगायत बिभिन्न उपहार  प्राप्त गरिन् ।

शनिबार राजधानीको एक होटलमा अबेर राती सम्पन्न अन्तिम प्रतिस्पर्धामा  सुस्मिता बोगटी फष्टरनर अपको उपाधि सहित ३० हजार रुपैयाँ र जीना श्रेष्ठ सेकेन्ड रनर अपको उपाधि सहित २० हजार रुपैयाँ पाईन् ।

प्रतियोगितामा अन्य उपाधि तर्फ मस्ट् चार्मिङ आरजु श्रेष्ठ, मस्ट् डिस्सिप्लिन आस्मा प्याकुरेल, बेस्ट् नर्सिङ थिम ड्रेस अनु कुमाल, सोसल्ली रेस्पोन्सेबल सरिता राई र मस्ट् पपुलर साजन केसी घोषित भए ।

यस्तै ब्युटी विथ ब्रेन जीना श्रेष्ठ, मस्ट् ट्यालेन्टेड रिना थापामगर, बेस्ट पर्सनालिटी सुस्मिता बोगटी, बेस्ट् वाक दीता देवकोटा, पब्लिक च्वाइस प्रमिला पण्डित घोषित भए ।

मिस नेपाल पिस (मिस नर्स) शान्तिको सन्देश फैलाउने प्रतिबद्धता सहित आयोजना गरिएको आयोजक नेक्स्ट् मोडल्स नेपालका अध्यक्ष रबि धमलाले बताए ।

यो प्रतियोगिताको निर्णायकमा मिस नेपाल वल्ड २०१६ अस्मी श्रेष्ठ, फोटोग्राफर राजभाई सुवाल, डा.लोचन कार्की, डा. सन्ध्या चापागाई लगायत थिए । रोजिन शाक्यको कोरियोग्राफी, शेखर केशजु क्रियटिभ निर्देशक, पुरुषोतमा खतिवडा इभेन्ट कोअडिनेटर थिए ।