काठमाडौं, ४ चैत

आधा दर्जन चलचित्र निर्माण गरिसकेका संगीतकार एवम् चलचित्र निर्माता दीपक रमण सिंहले गीत संगीत रेकर्डिङका लागि सुविधासम्पन्न स्टुडियो निर्माण गरेका छन् ।
ललितपुरको रिङगरोड एकान्तकुनामा ‘स्टुडियो रिङ’लाई संगीतकर्मी दिपक रमणले संचालनमा ल्याएका हुन् । स्टुडियो रिङ एकान्तकुनामा रहेको गायत्री पेट्रोल पम्प नजिकैको विष्णुदेवी मार्गमा पर्ने दिपक रमणकै घरमा रहेको छ ।

उच्च प्रविधीको जडान सहित सुविधा सम्पन्न स्टुडियो रिङको शनिबार उद्घाटन गरियो । स्टुडियो रिङलाई बरिष्ठ चलचित्रकर्मी तथा गीतकार चेतन कार्की र बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटनमा केही गीत रेकडिङ सहित स्टुडियो संचालनमा ल्याईएको हो ।

यो स्टुडियोलाई दिपकसँगै दिवाकर खड्का, लोक बहादुर शाक्य, गंगा खड्गी र राजकुमार महर्जनले सहकार्यमा तयार गरेका हुन् । स्टुडियोमा गीत संगीतका सबै काम देखी फिल्मको डविङ र पोष्ट प्रोडक्शनको सबै काम हुने संचालक दिपक रमणले बताएका छन् ।