रन वे फेशनमा बालिका देखि युवतीसम्मको क्याटवाक


 

काठमाडौ, १ चैत


नजिकिँदै गरेको यो वर्षको गर्मीलाई मध्यनजर गर्दै काठमाडौंमा गर्मीका लागि फेशन शो आयोजना गरिएको छ । बेटर ग्यालेक्सी इभेन्टले बालब बालिका सम्बन्धि कार्यक्रम ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस’ १५ वर्ष पुगेको अबसरमा काठमाडौंमा रन वे फेशन तथा पार्टी आयोजना गरेको हो । सोही कार्यक्रममा बाल मोडल देखि युवतीसम्मले विभिन्न पहिरनमा क्याटवाक गरे ।

गर्मीलाई केन्द्रित गरेर युवा र युवती मोडलले विभिन्न फेशन प्रस्तुत गरे । सरिना थिङ, आयुष्मा कर्माचार्य, निशा केसी, विशाखा पाण्डे, दिव्या महर्जन, गरिमा, सपना, सुजता, रुक्साना, सिमरन, अलिस महर्जन, रोशन श्रष्ठे, अँकित मानन्धर, विभिन्न मोडलहरु समर फेशनसहित र्याम्पमा प्रस्तुत भएका थिए । उनीहरुले सर्ट, पाईन्ट, कोट, टि सर्ट, पार्टी गाउन, वान पिस सहित विभिन्न पहिरन प्रस्तुत गरे । युवा युवतीको फेशन शोको कोरियोग्राफी जयन सुब्बा मानन्धर र धिरज तण्डुकारले गरेका थिए ।

यस्तै बालबालिकाहरुले पनि गर्मीलाई लक्षित गरेर विभिन्न ड्रेस प्रस्तुत गरे । उनीहरुले पनि पाईन्ट, शेरवानी, हाफ पाईन्ट, टि सर्ट, टप्स, गाउन, स्कर्ट, सर्ट लगायतका ड्रेसहरु र्याम्पमा प्रस्तुत गरेका थिए । बालबालिकाको फेशन शोको कोरियोग्राफी सुर्जनी केसीले गरेकी थिईन् ।

रन वे फेशन भिडियोमा   ः

सो कार्यक्रमका संयोजक अभिमन्यु शर्माले हरेक मौसमलाई लक्षित गरेर विभिन्न डिजाईनरले तयार पारेका नयाँ फेशन डिजाईनलाई आफुहरुले फेशन शोमा प्रस्तुत गर्दै आएको बताए । उनले इभेन्ट बेटर ग्यालेक्सीले रन वे फेशन र फेशन मन्त्र जस्ता फेशन शो नियमित गर्दै आएको जानकारी गराए ।

‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस’ १५ वर्ष पुगेको अबसरमा आफुहरुले बालबालिका सम्बन्धि प्रतियोगिता रन वे फेशन शो तथा पार्टी आयोजना गरिएको बेटर ग्यालेक्सी इभेन्टका अध्यक्ष धिरज तुण्डुकारले बताए ।

 

फेशन शो पछि केक काटेर, डिजे पार्टी गर्दै सो लिटिल प्रिन्स एन्ड प्रिन्सेसको १५ औं वर्ष मनाईएको थियो । कार्यक्रमको सञ्चालन सुरजनी केसीले गरेकी थिईन् ।

फेशन शोका केही झलक –