दयाहाङलाई खलनायक भूमिकामा देखाउँदै नेप्टे


काठमाडौं, २९ फागुन

प्रदर्शनीको तिथि एक महिना बाँकी हुँदा चलचित्र ‘नेप्टे’को ट्रेलर काठमाडौंमा एक कार्यक्रमको सार्वजनिक गरिएको छ । चैत्र ३० गतेबाट रिलिज हुन लागेको यो चलचित्रको ट्रेलर पूर्ण रुपमा कमेडी शैलीमा तयार पारिएको छ । जसमा नायक दयाहाङ राई खलनायकका रुपमा देखिएका छन् ।

आर. रोशनी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रमा दयाहाङ राई, रोहित रुम्बा, वुद्धि तामाङ, अर्जुन गुरुङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, प्रनिशा सिलवाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

 

चलचित्रमा रोहितकै कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, हरि लामा घलेको छायांकन, तारा थापाको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, बाबु बोगटी, सन्तोष राज र रोहित रुम्बाको संगीत छ ।

अभिनेता रोहित रुम्बाकै लगानीमा बनेको चलचित्रलाई देबकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा नायक दयाहाङ राई पहिलो पटक खलनायकको भूमिकामा देखिएको निर्माता रुम्बाले बताए । उनका अनुसार चलचित्र भित्र दयासँग रोहित र वुद्धिको द्धन्द्ध देखाइएको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै रोहित रुम्बाले कमेडी कथामा रमाइलो चलचित्र बनाएको बताए । उनले, चलचित्रमा दयाहाङ राई खलपात्रको भूमिकामा रहेकाले कुनै पनि गीतमा नदेखिएको स्पष्ट पारे ।

यस्तै, नायिका छुल्ठिम गुरुङले यो चलचित्रको कथा असाध्यै मन परेकाले काम गरेको बताएकी छिन् । अर्का कलाकार वुद्धि तामाङले चलचित्रमा एक्सन गर्दा गाह्रो भएपनि रमाइलो भएको अनुभव सुनाए । यो चलचित्र आगामी ३० चैतबाट नयाँ वर्षको अबसरमा दर्शकमाझ आउँदैछ ।

यस्तो बनेको छ नेप्टेको ट्रेलर –