ब्युटी न्युज नेपाल
काठमाडौँ, ८ चैत
केशव पाण्डेको निर्देशनमा एक्सन थ्रिलर क्राईम जनराको चलचित्र ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन) शुक्रवारबाट मुलुक भरका चलचित्र घरमा रिलिज भएको छ । लामो समयदेखि अष्ट्रेलिया बसेर उतै विभिन्न चलचित्रमा काम गरेका केशव पाण्डेले यो चलचित्र निर्देशन गरेका हुन् । चलचित्रले अहिले दर्शकबाट राम्रो प्रशंसा पाईरहेको छ ।
यो चलचित्र शुक्रवारबाट १२० भन्दा बढी पर्दामा रिलिज भएको छ । शुक्रबार बिहान शोमा ७० प्रतिसत अकुपेन्सी भए पनि दिउँसोबाट यो चलचित्रमा दर्शकको राम्रो उपस्थिति छ । यो चलचित्र शनिबार प्राय हलहरुमा अग्रिम बुकिङ भईसकेको वितरक गोविन्द शाहीले बताएका छन् ।
चलचित्र ११ः५५को शीर्ष भूमिकामा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ र विशाल पहारीको अभिनय रहेको छ । चलचित्रमा बुद्धि तामाङ सहायक भूमिकामा छन् । बाँकी ६ जना पात्रकै वरिपरि चलचित्र घुमेको छ । ले एउटा घर भित्र भएको एक युवतिको हत्या पछिको आरोह अवरोहको घटनालाई प्रस्तुत गरेको छ ।
चलचित्र ११ः५५ शुक्रबार हेरेका दर्शकले क्राईम थ्रिलरमा एउटा फरक र शसक्त चलचित्र बनेको प्रतिक्रिया दिए । चलचित्रबाट राम्रो प्रतिक्रिया पाएपछि निर्देशक केशव पाण्डे खुसी छन् । उनको यो डेव्यु निर्देशन हो । यो चलचित्रका कार्यकारी निर्माता एमएस अग्रज हुन् । यो चलचित्रलाई निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले लेखेका हुन् ।
चलचित्रलाई नेपालमा कुवेर सिने डिष्ट्रीब्युसन प्रालि र गोविन्द शाहीले वितरण गरेका छन् । विचित्र फिल्मस् र गुड जब आट्र्सको व्यानरमा निर्माण भएको यो चलचित्रमा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । ११ः५५मा अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको रंग संयोजन, शैलेश श्रेष्ठको ध्वानी डिजाइन र मिक्सिङ, प्रद्युम्न मिश्रको डिओपी, रामशरण उप्रेतीको छायांकन, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्लेको प्रोडक्सन डिजाइनर रहेको छ ।