ब्युटी न्युज नेपाल
काठमाडौं, ३ भाद्र
‘सातौं मिस्टर एण्ड मिस लिटिल कोशी’ को विराटनगर अडिसन सम्पन्न भएको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने प्रतियोगिताका लागि विराटनगरमा भएको पहिलो अडिसनमा ५० भन्दा बढी बालबालिकाहरुको सहभागिता रहेको थियो ।
जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले यही भदौ ७ गते सुनसरीको इटही र भदौ १५ गते धरानमा अडिसन हुने जानकारी दिए । अडिसनको निर्णायकमा जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज राय, विपी कोइराला विज्ञान प्रतिष्ठानका डा. श्रवण मण्डल, ‘मिस कोशी २०२४’ की विजेता शुभलक्ष्मी राई, ‘मिस कोशी २०२४’ की ‘अर्गनाइजर च्वाईस’ विजेता र ‘फस्ट रनरअप’ निशाहाङ्मा लिम्बु, ‘मिस्टर एण्ड मिस लिटिल कोशी २०२३’ की विजेता प्रशिका श्रेष्ठ थिए ।
अध्यक्ष रायका अनुसार प्रतियोगिताको छनोट चरणको अडिसनबाट छानिएका प्रतियोगीहरु फाइनलमा पुग्नेछन् । विजेताले नगद र विभिन्न गिफट ह्याम्परहरु प्राप्त गर्नेछन् । छैठौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’को उपाधि विराटनगरकी प्रिकाशा श्रेष्ठ र इटहरीका सुगम ढकालले जितेका थिए । प्रिकाशाले ‘मिस’ तर्फ र सुगमले ‘मिस्टर’तर्फको उपाधि जितेका थिए । बालवालिकाहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता प्रत्येक वर्ष हुँदै आएको छ । ‘प्रतियोगितामा भाग लिने इच्छुक बालबालिकाका लागि आवेदन खुल्ला गरिएको छ । आवेदन अनलाइनबाट पनि दिन सकिने गरेका छौं’, अध्यक्ष रायले भने ।





									
							
							
							
							
							
							
							
							
							
							