ब्युटी न्युज नेपाल
काठमाडौं १६ असार
‘निलम अवार्ड २०२४’ काठमाडौंको योग चलचित्र गार्डेन क्वियर हबमा सम्पन्न भएको छ । नेपालमा एलजिटिआईक्यु समुदायको योगदानलाई सम्मान गर्न यो कार्यक्रम आयोजना गरिएको हो ।
अवार्ड समारोहको उद्देश्य नेपालमा एलजिटिआईक्यु अधिकार प्रवद्र्धन गर्न समर्पित व्यक्ति र संस्थाहरूको प्रयासलाई स्वीकार र सम्मान गर्नु रहेको संस्थाकी अध्यक्ष नीलम पौडेलले बताईन ।
कार्यक्रममा महामहिम पुरस्कार पनि प्रस्तुत गरियो । जसमा समुदायको लागि सहयोग गरेकोमा वार्षिक दुई देखि तीन व्यक्तिहरूलाई मान्यता दिईएको छ । यो वर्ष चर्चित दुई ड्रेस डिजाइनर सन्जिता बराल र सोनम सुब्बा लिम्बुलाई उक्त अवार्डबाट सम्मानित गरिएको छ । ब्लगर लेक्स लिम्बुले सञ्चालन गरेको अवार्ड कार्यक्रममा नायिका करिष्मा मानन्धरको प्रमुख आतिथ्यता रहेको थियो । अभिनेत्री श्वेता खड्का, मिस युनिभर्स शोफिया भुजेल, सञ्चारकर्मी बीना श्रेष्ठ, आरती सी. लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सातै प्रदेशका व्यक्तित्वहरुलाई सम्मानित गरियो । जसमा देवनारायण चौधरी ‘कोशी प्रदेश’, अब्दुल शाहमद ‘मधेश प्रान्त’, किरण थापा ‘वाग्मती प्रदेश’, रजनी थकाली ‘गण्डकी प्रदेश’ रेशम न्यौपाने ‘लुम्बिनी प्रदेश’, अञ्जली बीसी ‘कर्णाली प्रदेश’ राजु लामा ‘दक्षिणपश्चिम प्रदेश’ रहेका छन् ।
नीलम पौडेल एक स्थापित मेकअप आर्टिस्ट एवं मोडल हुन् । उनको हातले नेपालका चर्चित पब्लिक फिगर, कलाकारहरूको शारीरिक सुन्दरता चम्काइसकेका छन् । समय समयमा राजधानी र देशका विभिन्न शहरमा हुने ‘फेसन शो’ को कार्यक्रम संयोजन गर्छिन नीलम । उनि आफैपनि कार्यक्रम आयोजना गर्छिन ।





 
									 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							