काजल भईन् मिस ईकलेज २०१८


काठमाडौं ७ फागुन
काठमाडौंमा आयोजित ‘मिस ईकलेज २०१८’को उपाधि व्रिटीस कलेजमा अध्यायनरत २० वर्षीय काजल तामाङले प्राप्त गरेकी छिन् । उनले उपाधिसँगै क्राउन र उपहार स्वरुप स्कुटर र पाँच दिनको वैङकक भ्रमण, २० हजारको गिफ्ट भौचर, नेपाल एयरहोस्टेस एकाडमीको तर्फवाट ३५ हजारको छात्रावृति प्राप्त गरीन ।

सो प्रतियोगितामा सोफीया श्रेष्ठ फष्ट रनर अप र आस्मी गौतम सेकेण्ड रनर अप घोषित भए । फस्ट रनरअप र सेकेन्ड रनरअपले स्मार्ट फोन र ५ दिने थाइल्याण्ड भ्रमणको अवसर प्राप्त गरे । यस्तै अपेक्षा ढुङगाना थर्ड रनर अप, अलिसा श्रेष्ठ फोर्थ रनर अप घोषित भए ।

सिजन मिडियाद्धारा आयोजित सो प्रतियोगितामा अन्य उपाधि तर्फ सकिना खड्का ‘मिस पपुलर’ रविना लामिछाने मिस फेन्डसिप , सविता लामा मिस फोटोजेनिक, उर्मीला गोले मिस व्युटी स्माइल, मनिषा वराइली मिस डिसिप्लेन, कसक प्रधान बेष्ट हेयर घोषित भए । त्यस्तै पासाङ लामु शेर्पा मिस फिटनेश, सोनिया श्रेष्ठ वेष्ट फिगर, करुणा गुरुङ वेष्ट स्कीन, रोजीना केसी मिस स्टाइलिस्ट, आशा लिम्वु फेशवुक लाइक अवार्ड, पेमा लामा युट्युव मल्टी मिडिया अवार्ड बिजेता घोषित भए ।

प्रतियोगिताको निर्णायकमा गीतकार उत्तम भौकाजी, शिक्षक अन्जु भट्टराई, एनएसीका निर्देशक अच्युतराज पहाडी, व्यबसायी सुजन लामिछाने, पत्रकार निमा काफ्ले, एयर होस्टेस अस्मीता खनाल र व्युटिसियन सिता न्यौपाने पाठक थिए । सो प्रतियोगीताको कोरीयोग्राफर रोजीन शाक्यले गरेका थिए ।