अभिनेत्री तेजुला खतिवडाको टुट्यो दम्पत्य सम्बन्ध

 

काठमाडौं । ७ फागुन २०७३ मा अधिवक्ता सुमनराज बस्नेतसँग विवाह गरेकी अभिनेत्री तेजुला खतिवडाले दाम्पत्य सम्बन्ध तोड्दै डिभोर्स गरेकी छिन् । द मोष्ट वान्टेड, जष्ट फर यु लगायतका आधा दर्जन नेपाली चलचित्र र दर्जनौ म्युजिक भिडियोमा अभिनय गरेकी उनी दाम्पत्य जीवनमा पूर्ण असफल भएकी छिन् ।
तेजुलाले जिल्ला अदालत काठमाडौंबाट शुक्रबार आधिकारीकरुपमा डिभोर्स लिएकी हुन् । जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधिस अमृतबहादुर बस्नेतले उनिहरुको डिभोर्सको निर्णय सुनाए ।


जापान बस्दै आएका पेशाले कानुन व्यवसायी सुमनराजसँग तेजुलाले एक वर्ष अघि मात्र लगन गाँठो कसेकी थिइन् । डिभोर्सको बारेमा यी अभिनेत्रीले बताउन चाहेकी छैनन् । सिन्धुली कमलाखोंजकी तेजुला नेपाली चलचित्रबृत्तमा असफल अभिनेत्री हुन् । सिनेमासँगै उनको दम्पत्य जीवन पनि असफल भएको छ ।