बलिउड अभिनेत्री भाग्यश्री काठमाडौंमा


ब्युटी न्युज नेपाल
काठमाडौं, २० जेठ

बलिउड अभिनेत्री भाग्यश्री यतिबेला काठमाडौंमा छिन् । उनी एक विशेष सम्मान ग्रहण गर्न शनिबार दिउँसो काठमाडौं आएकी हुन् ।

सलमान खानसँग एक समयको चर्चित फिल्म मैने प्यार कियाबाट बलिउड यात्रा थालेकी भाग्यश्रीले शनिबार दिउँसो त्रिभुवन अन्तराष्टिय बिमान स्थलमा सञ्चारकर्मीसँग कुराकानी नेपाल आउँदा निकै खुसी लागेको बताईन् । उनले पत्रकारहरुसँग भनिन्, “म नेपाल पहिले पनि आएकी थिएँ, मैले कुनै चाडपर्वको समयमा सपरिवार यहाँ आउने सोच बनाएकी छु”, उनले थपिन,“मेरा चलचित्र आइरहेका छन्, हेर्नुस् र माया गरिदिनुस् ।”

आईतबार बेलुका काठमाडौंको र्याडिसन होटलमा भारतको प्रतिष्ठित अवार्ड ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’मा आयोजना हुँदैछ । यो अवार्ड समारोहमा भारतका विभिन्न कलाकारसँगै नेपालका कलाकार तथा विभिन्न व्यक्तिहरु सम्मानित हुँदैछन् । सोही समारोहमा सम्मानित हुने अभिनेत्री भाग्यश्री अवार्ड ग्रहण गर्न शनिबार नेपाल आएकी हुन् ।

यो ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’को छैटौँ संस्करण हो । यसअघि भारतमा आयोजना भएको अवार्ड समारोह यसपटक भने नेपालमा आयोजना गरिएको नेपालका लागि अवार्ड व्यबस्थापक सुवास प्रधानले ब्युटी न्युज नेपाललाई बताएका छन् ।

यो अवार्ड समारोहको तयारी एक साता अघिबाटै सुरु भएको छ । अवार्ड भव्य सफल पार्न आयोजकहरु पूर्ण तयारीमा छन् । अवार्ड समारोहमा सहभागी हुन भारतीय कलाकार रञ्जीन, विन्दु दाह्रा सिंह, कमेडियन ध्वनी पवारलगायत विभिन्न पहुनाहरु शुक्रबार नै नेपाल आइसकेका छन् ।