गीतकार शँकर अधिकारी घायल सम्मानित


ब्युटी न्युज नेपाल
काठमाडौं, १० बैशाख

गीतकार शंकर अधिकारी घायल सम्मानित भएकाछ्न । लामो समयदेखि गीत लेखनमा सक्रिय भई नेपाली संगीत क्षेत्रमा योगदान पुर्याएको भन्दै काठमाडौंमा एक समारोहबीच उनलाई रामेछाप सास्कृतिक कलाकार समाजले सम्मान गरेको हो ।

काठमाडौंमा एक समारोहबीच संस्कृति पर्यटन तथा उड्ड्यान मन्त्री सुदन राई किरातीले गीतकार घायललाई सो सम्मान प्रदान गरेका हुन् । सो कार्यक्रममा कार्यक्रममा गायक भोजराज काफ्ले लगायत रामेछापका बर्तमान निबर्तमान सासद समाजसेवि रमेश बाबू श्रेष्ठ लगाएत ब्यक्ती हरु लाई सम्मान गरिएको थियो ।

गीतकार अधिकारीको सिम्पल सिम्पल कान्छी को डिम्पल पर्ने गाला, तिम्रो आँखा मा बस्ने रहर भो मलाई , घरी मुसु मुसु मुस्कुराएर मा¥यौ, मेरि बास्सैको सिर्ष गीत, सिरुपाते जुँगामासहित दर्जनौं हिट गीत रहेका छन् ।