ब्युटी न्युज नेपाल
काठमाडौं, ७ बैशाख

मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको अबसर पारेर गायक प्रनिल प्रधानले आफ्नो नयाँ गीत ‘आमा’को लिरिकल भिडियो दर्शकमाझ ल्याएका छन् । उनले यो गीतको भिडियो बुधबार रिलिज गरेका हुन् ।

जीवनमा आमा भन्दा ठुलो केही नभएको भन्ने सन्देश दिने यो गीत निकै माधुर्य बनेको छ । यो गीतले हरेकको जीवनमा आमाको महत्वबारे चर्चा गरेको छ । मातातिर्थ औंसीको अबसरमा सम्पूर्ण आमाहको नमनस्वरुप यो गीत ल्याएको गायक प्रनिलले बताएका छन् ।

आमा गीतलाई प्रनिल आफैंले लेखेका हुन् । जसमा संगीत पनि उनी आफैंले भरेका हुन् । यो गीतमा संगीत संयोजन मनोज साङसोङ राईको रहेको छ । गीतलाई मिक्सिङ र मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

स्टुडियो किङको प्रस्तुत रहेको यो गीतको लिरिकल भिडियोलाई पनि स्टुडियो किङकै युट्युव च्यानलबाट रिलिज गरिएको छ । लामो समयदेखि गायनमा सक्रिय प्रनिलले यो गीत पनि त्यत्तिकै मिठो बनाएका छन् ।