संगीतकार दीपक शर्मा राष्ट्रपतिबाट विभूषित


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ बैशाख

राष्ट्रपति रामचन्द्र पौडेलबाट लोकप्रिय संगीतकार दीपक शर्मा विभूषित भएका छन् । नेपाली संगीत क्षेत्रमा बिगत डेढ दशकभन्दा लामो समयदेखि योगदान दिएको भन्दै उनी विभूषित भएका हुन् ।

गत ३ असोज संविधान दिवसको दिन नेपाल सरकारबाट विभूषणको घोषणा गरिएको थियो । सोही घोषणा अनुरुप राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहबीच नयाँ वर्षको अबसरमा संगीतकार शर्मालाई ‘जनसेवा श्री पञ्चम’बाट विभूषित गरिएको हो । राष्ट्रपति पौडेलले संगीतकार शर्मालाई विभूषित गरेका हुन् ।

‘नेपाली संगीत क्षेत्रमा योगदान दिने क्रममा यस्तो सम्मान पुरस्कारको आशा गरेको थिईन् । तर सम्माननीय राष्ट्रपतिज्यूको हातबाट नेपाल सरकारको विभूषणबाट विभूषित हुँदा अत्यन्त खुसी छ र यो विभूषणले नेपाली संगीत क्षेत्रमा काम गर्न थप उर्जा मिलेको छ ।’ संगीतकार शर्माले भने ।

दीपक शर्माले हालसम्म नेपाली गीतमा एक हजार भन्दा बढी गीतमा संगीत गरिसकेका छन् । उनका दर्जन भन्दा बढी गीतहरु सुपर हिट छन् ।