बुलाकीको दोश्रो गीतमा सम्झाउने कुरा


ब्युटी न्युज नेपाल
काठमाडौं १० चैत

१ बैशाखबाट रिलिज हुने नेपाली चलचित्र ‘बुलाकी’को दोस्रो गीत सार्वजनिक गरिएको छ ।यो चलचित्रको ‘दुनियाँलाई सम्झाई देउन’ बोलको लिरिकल गीतमा नरेन खड्का, सुरक्षा पन्त र डेव्यु अभिनेता बिराज बिष्टबीचको त्रिकोणात्मक प्रेम देखाईएको छ । यो गतिमा सविन सेञ्चुरी र बादल थापाको शब्द रचना तथा संगीत रहेको छ । बादल थापाको स्वर यसमा छ ।

टोपेन्द्र विष्टले निर्माण गरेको सिनेमालाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउने सिनेमा बुलाकीमा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको छ ।

रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइका अलवा प्रकाश कँडेल र सरस्वती खत्रीले बुलाकीबाट नेपाली सिनेमा क्षेत्रमा डेव्यु गर्दैछन् ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व।मोति बिष्टको प्रस्तुति रहेको सिनेमा शिब ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको सिनेमामा राज बहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद रहेको छ ।
डोल्पा, जाजारकोट र रुकुम पश्चिमका रमणीय स्थानमा खिचिएको बैशाख १ गतेबाट प्रदर्शनमा आउने सिनेमाको बितरण त्रिनेत्रम् र एफडी गर्दैछन् ।