ब्युटी न्युज नेपाल
काठमाडौं, ११ चैत

नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकराज पराजुली निर्विरोध चयन भएका छन् । सह सदस्य बाहेक सबै पदाधिकारी निर्विरोध चयन भएका छन्।

यसरी चयन हुनेहरुमा उपाध्यक्षमा सुभाष गजुरेल र दीपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान, सचिबमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट र सह कोषाध्यक्षमा राज बस्न्यात रहेका छन् ।

शनिबार सम्पन्न १५ औं साधारण सभाबाट उनीहरु चयन भएका हुन् । यस्तै कार्यसमिति सदस्यमा निर्विरोध चयनहुनेहरुमा उत्सब केसी, सौरभ चौधरी, सत्यराज चौलागाई, दीपक ओली, अमृतमान महर्जन, अमरबहादुर ओली रहेका छन् ।

सह-सदस्य पदका लागि मात्र निर्वाचन सम्पन्न भयो । सीमा गुरुङ र रामकुमार श्रेष्ठ सह-सदस्य निर्वाचित भए ।

निर्वाचनलगत्तै बसेको कार्यसमितिको पहिलो बैठकले कमल एक्चै मगर र भीषण राईलाई सदस्यमा मनोनित गरेको छ ।