रचना र केदारको गाजलुमा वर्षा र रोशनको छमछमी


ब्युटी न्युज नेपाल
काठमाडौँ, ८ फागुन

गायक केदार बरुवाल क्षत्री र गायिका रचना रिमालको युगल स्वरमा नयाँ गीत गाजलु…को भिडियो दर्शकमाझ आएको छ । यो गीतमा केदारकै शब्द तथा संगीत छ । गीतलाई श्याम श्वेत रसाइलीको मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

यसको भिडियोमा एक रोमान्टिक जोडीको सफल प्रेम कहानीलाई निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । यो गीतको भिडियोमा अभिनेत्री वर्षा राउत र मोडल रोशन केसीको अभिनय छ । नर्देशक भट्टकै कोरियोग्राफी रहेको गाजलुको सम्पादन बन्दे पाण्डेले गरेका हुन् भने छायांकन मनप्रसाद मर्हजनले गरेका हुन् ।

यसअघि गायक बरुवालले जब तिमी, कति थियो सपना, एक पल तिमी नहुँदा, मन छोडी, एक तर्फी, (तिमीलाई चाहेर मेल भर्सन), आँखैमा गाजल , तिमी मेरी रानी, लगायतका गीत बजारमा ल्याइसकेका छन् । लिामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका म्याग्दीका गायक बरुवालले ’गाजलु’ आफूले निकै नै आशा गरेको गीत भएका कारण दर्शक श्रोताले मन पराउनेमा विश्वस्त छन् ।