रामकृष्णको आमाको ममता सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ माघ

गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत ’आमाको ममता’को भिडियो दर्शकमाझ आएको छ । आइतबार काठमाडौँमा एक कार्यक्रमका बीच यो गीतको भिडियो सार्वजनिक गरिएको हो । यस गीतमा अर्जुन सुवेदीको शब्द रचना रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ ।

नक्षत्र प्रोडक्शनले निर्माण गरेको म्यूजिक भिडियोमा एक अनाथ बच्चालाई कर्म दिएका आमा बुवा र उनिहरुसँग पनि विछोड भएपछि गर्नुपरेको संघर्ष देखाईएको छ । विधान कार्कीले निर्देशन गरेको भिडियोमा सुनिल थापा, हिउँवाला गौतम, गौरब पहारी, श्रीदेव बिएल र दियान गौतमको अभिनय रहेको छ ।

यो गीतको भिडियोलाई विद्यान कार्कीले निर्देशन गरेका हुन् । भिडियोका छायाँकार उत्सव दाहाल हुन् भने सम्पादन विकास दाहाल हुन् । जसमा मनिषा पोखरेलको कला निर्देशक, दिपेन गौतम र ऋतिका भट्टराई प्रोडक्शन कोअर्डिनेटर रहेको छ ।