चलचित्र प्रेमाको फस्ट लुक्स


ब्युटी न्युज नेपाल
काठमाडौं, २० माघ

चलचित्र रणबीरका निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशनमा अर्को चलचित्र ‘प्रेमा’ तयार भएको छ । यो चलचित्र आगामी चैत १७ मा रिलिज हुने भएको छ ।

फिल्मको रिलिज मिति घोषणासँगै यसको फस्टलुक्स सार्वजनिक गरिएको छ । सार्वजनिक फस्टलुक (पोष्टर) मध्ये एउटामा फिल्मका प्रमुख कलाकार अरुण क्षेत्री, शुभेच्क्षा खड्का र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ । अर्को पोस्टरमा अरुण र शुभेच्क्षासँगै सृष्टिलाई समेटिएको छ । तेश्रो पोष्टरमा पनि अरुण, सृष्टि र शुभेच्क्षा खुशी भावमा छन् ।

फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु)को अभिनय छ ।

यो चलचित्रमा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, अमिषा शाहीको मेकअप, मेघराज पौडेलको प्रोडक्सन, डुकराज घिमिरेको कला, कृष्णबहादुर थापाको छायांकन, रिवाज कार्की र गडरेज पिक्चरको भीएफएक्स, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र महेश पौडेलको डीओपी रहेको छ ।

निर्देशक गोविन्द यो चलचित्रका निर्माता पनि हुन् । अर्का निर्मातामा विवेक घिमिरे र र सामर्थ विक्रम थापा छन् । चलचित्र प्रेमा काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको हो । प्रेमालाई काठमाडौंमा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।