ब्युटी न्युज नेपाल
काठमाडौं, १८ माघ

नायिका जेविका कार्की वैवाहिक सम्बन्धमा बाँधिने भएकी छिन् । उनको यतीबेला विवाहको लागि इन्गेजमेन्ट भएको छ । बुधबार उनले सिनेमा निर्माण नियन्त्रक मनोज जोशीसंग इन्गेजमेन्ट गरेकी हुन् । बिगत चार वर्षदेखि प्रेमसम्बन्धमा रहेका मनोज र जविकाले आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् । पेप्सीकोलास्थित कार्कीको निवासमा सम्पन्न इन्गेजमेन्टमा नजिकका आफन्त र साथिभाइहरुको उपस्थिति थियो ।

जेविका र मनोजको विवाह फागुन ४ गतेलाई जुरेको छ । भने ७ गते रिसेप्सन पार्टीको आयोजना गरिएको छ । निर्माण नियन्त्रक मनोजले ‘क्लासिक’, ‘पर्व’, ‘कृ’, ‘प्रसाद’, ‘गोर्खे’, ‘षट्कोण’ र ‘प्रकाश’ जस्ता सिनेमामा काम गरिसकेका छन् । यस्तै नायका जेविकाले पनि ‘जन्मभूमि’, ‘पर्व’, ‘कारखाना’, ‘जयश्री दाम’, ‘हिजो आजका कुरा’ जस्ता चलचित्रमा अभिनय गरिसकेकी छिन् ।