तेश्रो लिँगी महिला भूमिकामा नाजिर हुसेन


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ माघ

चलचित्र ‘गुलावी’को फस्ट लुक्सको रुपमा बिहिबार पहिलो पोस्टर सार्वजनिक गरिएको छ । पोष्टरमा अभिनेता नाजिर हुसेन स्त्री भूमिकामा छन् । उनी स्त्री देखिएका छन् । केही वर्ष अघि अभिनेता राजेश हमाललाई पनि यस्तै स्त्रि भूमिकामा उतारिएको थियो । तर यसपटक नाजिर स्त्रि नभएर तेश्रो लिँगी भूमिकामा छन् ।

सिनेमामा नाजिर गुलावी पात्रको रुपमा छन् । उनीसँगै यो चलचित्रमा अभिनेत्री संचिता लुइँटेलका साथमा सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारीलगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्रलाई महिला निर्देशक समुन्द्र भट्टले निर्देशन गरेकी हुन् । आफुले यो चलचित्र ‘तेश्रो लिँगी’ कथामा तयार गरिरहेको भट्टले बताएकी छिन् ।

निर्देशक भट्टका अनुसार यो चलचित्र अभिनेता नाजिर हुसेन (तेश्रो लिँगी महिला) ट्रान्सवुमनको भुमिकामा छन । पूर्ण रुपमा ट्रान्स स्टोरीमा निर्मित यस सिनेमाका लागि नाजिरले १६ केजी तौल समेत घटाएका छन ।

यो चलचित्रमा संगीत लेखु सहयात्री र सान भुषालको छ । द स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित गुलावीलाई आलोक शुक्लाले छायांकन गरेका हुन ।