ब्युटी न्युज नेपाल
काठमाडौं, १२ माघ

नयाँ बर्ष २०८० को अबसर पारेर आगामी १ बैशाखमा नयाँ चलचित्र ‘विहे पास’ रिलिजको घोषणा गरिएको छ । यो चलचित्रको २ वटा फस्टलुक्स (पोष्टर) श्रीपञ्चमीको अबसर पारेर बिहीबार दर्शकमाझ ल्याइएको छ ।

दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका भएको यो फिल्मको एउटा पोस्टरमा दयाहाङ र प्रकृति छन् । अर्काे पोस्टरमा यी दुई सहित बुद्धि तामाङ, शिशिर वाङ्देल र रबिन्द्र झालाई समेटिएको छ ।

विहे पासलाई प्रबेश पौडेलले निर्देशन गरेका हुन् । यसलाई रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेका हुन् । जसमा रोजन श्रेष्ठ निर्माता,ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता छन् ।

सामाजीक कथानक फिल्म भनिएको यो चलचित्रलाई पूर्वी नेपालका बिभिन्न रमणीय स्थलमा खिचिएको छ । फिल्म आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । फिल्मको अन्य कलाकारमा श्याम राई,बिशाल पहाडी,सुवास गजुरेल,हिउँवाला गौतम,रुषा न्यौपाने,नवीन शेरचन,उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् । शिब ढकालले खिचेको फिल्मका गीतमा प्रबेश मल्लिकको संगीत,डिपी खनालको गीत,शैलेन्द्र प्रधानको पाश्र्व संगीत छ ।

रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्म मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर,आकाश बराल र सजन काफ्लेको कथा रहेको फिल्मको पटकथा र सम्वाद भने आकाश र सजनले तयार पारेका हुन् ।