स्वरुपराजको अधुरो सपनामा दिक्पाल र शिलाको सँघर्ष


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ पुष

गायक स्वरुपराज आचार्यको स्वरमा नयाँ गीत अधुरो सपना…को भिडियो दर्शकमाझ आएको छ । यो गीतलाई रिमा श्रेष्ठले लेखेकी हुन् । अधुरो सपना गीति एल्मबमा रहेको यो गीतमा अम्बर तुम्बापो सुब्बाको संगीत रहेको छ । गीत निकै मिठो छ । गीतलाई राजेश श्रेष्ठले रेकर्ड गरेका हुन् । गीत निकै कर्णप्रिय छ ।

यो गीतको भिडियोमा दिक्पाल कार्की, शिला गजुरेल र पूर्विता श्रेष्ठको अभिनय रहेको छ । भिडियोमा पति गुमाएकी एक महिलालाई आफ्नो विधालयको शिक्षकले मन पराएको तर ती शिक्षकसँग एकल महिलाले विवाह गर्न नचाहेको कथा प्रस्तुत गरिएको छ ।

आफ्नो सन्तानको लागि एकल आमाको सँघर्ष यसमा छ । जसमा शिक्षकको रुपमा दिक्पाल र संघर्षशिल महिलाको रुपमा शिला छिन् । प्रेम प्राप्तिका लागि दिक्पालले गरेको सँघर्ष र प्रेममा उनले पाएको असफलता पनि निकै मार्मिक छ ।

सोनाम पाख्रिनले निर्देशन गरेको यो गीतको भिडियोमा दिनेश पराजुलीको छायाँकन, विकाश दाहालको सम्पादन रहेको छ । गीतको भिडियोलाई रिमाज वल्र्ड युट्युव च्यानलबाट रिलिज गरिएको छ ।