गायक सुनिल गिरीले ल्याए नयाँ गीत जुम्ला


ब्युटी न्युज नेपाल
काठमाडौं, १० पुष

गायक सुनिल गिरीले आफ्नो नयाँ गीत ‘जुम्ला’को भिडियो सार्वजनिक गरेका छन् । सार्वजनिक भिडियोमा डडेल्धुराकी टिकटकर मिस पबि र रोसन केसीको अभिनय छ । जुम्लामा छायाँकन गरिएको गीतमा गिरीले निलसागरसँग मिलेर शब्द दिएका छन् । भिडियो गायक गिरीको अफिसियल च्याननलबाट बजारमा ल्याइएको छ ।

संगीत र संगीत संयोजन भने उनी आफैले गरेका हुन् । भिडियो सार्वजनिक कार्यक्रममा उनै सागर ढकाल, जुम्लाबाट हालै प्रतिनिधिसभामा बिजयी सांसद ज्ञानेन्द्र शाही, सरसफाई अभियन्ता केपी खनाल लगायतको उपस्थिती रहेको थियो ।

गायक गिरीकै स्टोरी र कन्सेप्टमा तयार भएको भिडियोलाई शिशिर खातीले निर्देशन गरेका हुन्। जुम्लामा छायाङ्कन गरिएको भिडियोलाई बिवेक बिकले खिचेका हुन्।