प्रकाश र लक्ष्मीको ‘लाइहेल कालो टिका’


ब्युटी न्युज नेपाल
काठमाडौं, १० पुष

गायिका लक्ष्मी आचार्यको नयाँ गीत ‘लाईहेल कालो टिको’ सार्वजनिक भएको छ । नरेन्द्रराज रेग्मीको शब्द संगीत रहेको गीतमा गायिका आचार्यलाई स्वरमा अर्काे गायक प्रकाश सपुतले साथ दिएका छन् । प्रकाशले स्वर दिएको यो नै पहिलो सुदुरपश्चिको गीत हो । उनको स्वर सुन्दा उनले सुदुरपश्चिको शैलीको गीत पहिले देखिनै गाउने गरेको आभाष हुन्छ ।

गायक प्रकाश सपुतसँग सहकार्य गर्न पाउदा निकै खुसी देखिएकी गायिका आचार्यले सपुतको स्वरले गीतमा सुन र सुगन्ध दुबै भर्ने काम गरेको बताउँछिन् ।

गीत अनुसारको भिडियो निकै आकर्षक बनेको छ । प्रकास सपुत र लक्ष्मी आचार्यकै अभिनय रहेको भिडियोमा एकजोडी युवायुवतीको प्रेमकथा देखाउन खोजिएको छ । एउटी बिछट्टै राम्री केटीलाई अरुको नजर लाग्ने होकी भनेर फलो गरिरेका एक युवकले ति युवतीलाई ठट्यौली पारामा आफ्नो प्रेम ब्यक्त गीतमा गर्दछन् । भिडियोले पनि त्यही कथा बुनेको छ ।

मौसम हिमालको निर्देशन रहेको भिडियोमा आचार्य र सपुतको जोडी निकै सुहाएको छ । प्रबिन भट्टको सम्पादन र नवराज उप्रेतीको छायांकन रहेको भिडियोले गीतलाई झनै सिंगार्ने काम गरेको छ ।

आफ्नो भाषा, संस्कृति प्रति आफु सचेत रहेकोले आफ्नो गीतसंगीत सधै सुदुरपश्चिका कलासंस्कृतिले भरिपुर्ण हुने गायिका आचार्य बताइन् । ‘हामी जो जुन कर्ममा छौ । त्यही कर्मबाट आफ्नो कलासंस्कृति प्रति सजक हुनुपर्छ’ आचार्यले थपिन्, ‘त्यसपछि मात्र हाम्रो कलासंस्कृतिले अन्तराष्ट्रिय स्तरमा पनि प्रथामिकता पाउन थाल्छ ।’