यस्तो छ ‘गुञ्जन’ को पहिलो गीत ‘सास चल्छ’

ब्युटी न्युज नेपाल
काठमाडौं,१६ मंसिर

आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने फिल्म हो ‘गुञ्जन’ । प्रदर्शन मिति नजिकिदै गर्दा फिल्मको पहिलो गीत ‘सास चल्छ’ सार्वजनिक भएको छ । प्रविसा अधिकारी र आरिफ रफको स्वर रहेको गीतमा कर्णराज कार्कीले संगीत दिएका छन्

रोमान्टिक थिममा तयार गीतमा सारा सिर्पाली र प्रितमराज सेन्चुरीको रोमान्स देख्न सकिन्छ । निकै आकर्षक शैलीमा निर्माण भएको गीत दर्शकले रुचाउने अपेक्षा निर्माण युनिटको रहेको छ ।

अष्ट महर्जनको निर्देशन रहेको फिल्ममा को निर्देशित फिल्म सारा र प्रितमराजको अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ । विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको यो निर्देशन डेब्यु फिल्म हो । प्रितमराजले पनि यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । पिःल्मको केही अगाडि सेन्रि चलचित्र सेन्सर पास समेत भइसकेको छ । ‘गुञ्जन’ लाई चलचित्र सेन्सर बोर्डले सबैले हेर्ने मिल्ने ‘युनिभर्सल प्रमाण पत्र’ दिएको छ ।
विशुद्ध प्रेमकथामा निर्माण भएको फिल्म काठमाडौं, पोखरा, जोमसोममा र दुबईमा छायांकन भएको हो । फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायाँकन, विपिन मल्लको सम्पादन, कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत छ ।

फिल्ममा अभिनेत्री नीता ढुंगानाको आकर्षक आइटम डान्स समेत राखिएको छ । फिल्मका वितरक काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनी रहेको छ ।