आवश्यकतापरे आफुहरु सरकारमा जाने रबी लामिछानेको भनाई


ब्युटी न्युज नेपाल/सरिता भारती
काठमाडौं, ९ मंसिर

प्रतिनिधि सभाको चुनावी परिणाम आएसँगै मँसिरको दोश्रो सातासम्म नयाँ सरकार बन्ने पक्का जस्तै छ । त्यसका लागि एमाले, काँग्रस, माओबादी जस्ता शिर्ष पार्टीले छलफल सुरु गरिसकेका छन् । यता मुलुकमा ८ सिट बिजय हाँसिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी आबस्यक्त हेरेर सरकारमा जान सक्ने सो पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेले बताएका छन् ।

आफु बिजय भएपछि शुक्रबार चितवनमा विजयी प्रमाणपत्र बुझ्दै लामिछानेले आवश्यक परे आफ्नो पार्टी गठबन्धन गरेर अगाडि जाने बताए । देशको आवश्यकतालाई हेरेर पार्टीमा छलफल गरेर आफुहरु सरकारमा जान सक्ने उनले बताए ।

अब बन्ने सरकारमा रवि लामिछानेको पार्टी सहभागी हुन आबस्यक जस्तै छ । यदि काँग्रेस र एमाले मध्य जसले सरकार बनाए पनि यो पार्टी सहभागी भएमा मात्र बहुमत पुग्ने देखिन्छ । जसका लागि रवि लामिछानेलाई उपप्रधानमन्त्रीको पद समेत दिने स्थित छ । किनकी पत्यक्षमा ८ सिट प्राप्त गरिसकेको रबीको पार्टीले समानुपातिकबाट कम्तिमा १० सिट ल्यायो भने यो पार्टीमा १९ जनासम्म साँसद हुनेछ ।

यो सँख्या सरकार गठनको लागि निकै उपयोगी हुने छ । सोही कारण रबीले सरकारमा जाने चाहना देखाएका हुन् । निर्वाचनमा आफुहरुले कसैसँग गठनबन्धन नगरे पनि देश चलाउन सरकारमा जानका लागि गठनबन्धन गर्नु पर्ने देखिएको पनि रबीको भनाई छ ।

हुन त केही शुभचिन्तकहरुले अहिलेको अबस्थामा रवीको पार्टी विपक्षीमा बस्दा राम्रो भन्ने सुझाब दिएका छन् । सरकारमा गएर खबरदारी गर्न नसक्ने भएकाले उनको पार्टी विपक्षीमा बस्नु पर्ने भन्ने सुझाब पनि त्यत्तिकै छ । तर सरकार बनाउन उनको पार्टी सामेल हुन आबस्यक जस्तै देखिएको छ ।