ब्युटी न्युज नेपाल
काठमाडौं, ३ मँसिर
संसदीय निर्वाचनको लहरबीच पनि गायकद्वय लीला श्रेष्ठ र नकुल थापाले सँयुक्त रुपमा नयाँ लोक दोहोरी गीत रातो कार…को भिडियो सार्वजनिक गरेका छन् । गीतको भिडियोलाई त्रिपुरा म्युजिक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
त्रिपुरा म्युजिकको प्रस्तुति रहेको गीतमा लीला र नकुलका साथमा गायिकाद्धय स्मृती गौतम तथा सानु धमलाको स्वर रहेको छ । गायक लीलाकै लय र संगीत रहेको गीतलाई पूर्ण गुरुङले एरेञ्ज गरेका हुन् ।
गायक तथा सर्जक लीलाको सरर बसको झ्यालैमा, मलाई माया,कमल फूल फुल्यो,हातमा घडीजस्ता गीत चर्चित छन् भने गायक नकुलले यसअघि कर्कलाको पानी, पीपलु र वर, सुनकोसीमा बलेफी दोभानजस्ता गीत सार्वजनिक गरिसकेका छन् ।
गीतमाथि बनेको आकर्षक भिडियोमा मोडलहरु लोमस शर्मा र अनु पराजुलीको साथमा सुदीप श्रेष्ठ, सुमन श्रेष्ठ, दीपा तामाङ र रुपा तिमल्सिनाको अभिनय र नृत्य रहेको छ ।
यो गीतको भिडियोलाई मिलन श्रेष्ठले निर्देशन गरेका हुन् । भिडियोलाई राजाराम सिखडाले कोरीयोग्राफ गरेका छन् । जसमा सन्तोष तिमल्सिनाको छायांकन र रोशन धितालको सम्पादन रहेको छ ।