ब्युटी न्युज नेपाल
मोरङ, १४ भदौ
नायिका रेखा थापा यतिबेला आफ्नो गृहजिल्ला मोरङमा छिन् । राप्रपाकी नेतृको रुपमा समेत परिचित रेखा थापा आउँदो सँसदीय निर्वाचनको तयारीका लागि मोरङ आएकी हुन् ।

उनले राप्रपाको उम्मेदवार बनेर मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको निर्वाचनमा उठ्ने तयारीमा छिन् । उनले आफु चुनाव लड्न तयार रहेको बताएकी छिन् । मोरङको क्षेत्र नम्बर ३ बाट आफ्नो नाम सिफारिस भएको बताउँदै उनले गठबन्धन भए अन्य क्षेत्रबाट पनि उम्मेदवार बन्न सक्ने बताइन् । मोरङ आफ्नो गृह जिल्ला भएकाले मोरङको जुन क्षेत्रबाट पनि उम्मेदवार बन्न तयार रहेको उनले बताएकी छिन् ।

यसरी प्रतिनिधि सभाको निर्वाचनमा पार्टीबाट उम्मेदवारको रुपमा समेत सिफारिस भएपछि उनी चुनावी तयारीको लागि मोरङ आएकी हुन् ।

उनलाई पार्टीले सुरुमा क्षेत्र नं. ६ बाट उठ्न सल्लाह दिए पनि रेखाले ३ बाट उठ्ने चाहना व्यक्त गरेकी छिन् । क्षेत्र नं. ६ बाट एमालेका लालबाबु पण्डित उठ्ने तयारीमा छन् । त्यसैले उनी ३ नम्बरबाटै उठ्न चाहन्छिन् ।

राप्रपाले यहाँ चुनावी अभियान सुरु गरेको छ । मोरङको मोरङ क्षेत्र नम्बर ३ सुन्दरहरैंचा ( खोर्साने)मा जन्मिएकी रेखाले आफ्नो क्षेत्रबाट उम्मेदवार दिने भएकी छिन् । उनी मंगलबार बिहानैदेखि मोरङमा राप्रपाले आयोजना गरेको चुनावी सभामा सहभागी भएकी छिन् ।

उनले क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने चाहना देखाए पनि सो क्षेत्रमा राप्रपाले एमालेसँग तालमेल गर्ने बुझिएको छ । एमालेको पकेट क्षेत्र मानिएको क्षेत्र नम्बर ३ बाट एमालेका भानुभक्त ढकालले उम्मेदवार दिने बताईएको छ ।