वैभव र परितोषिका बने सुपर किड इन्टरनेशनल


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ भदौ

सुपर किड इन्टरनेशलन २०२२ को उपाधि ब्वाईज तर्फ वैभव खड्का र गर्ल तर्फको उपाधि परितोषिका तामाङले जितेकी छिन् । वैभव र परितोषिकाले पब्लिक च्वाईस तर्फको उपाधि पनि जिते । मण्डला इन्टरनेशनल प्रा.लि.ले ललितपुरको म्युजिक सिटी हलमा शुक्रबार आयोजना गरेको सो प्रतियोगितामा ब्वाईज तर्फ भिवर्स च्वाई सहित सिद्धान्त सिलवालले फस्ट रनर अप, पेशल राईले सेकेन्ड रनर अप, आलोक शाहले थर्ड रनर अप घोषित भए ।

यस्तै सुपर किड इन्टर नेशलनमै गर्ल तर्फ योजना दाहालले फस्ट रनर अप, महिमा सुनारले सेकेन्ड रनर अप, स्वरुपी परियारले थर्ड रनर अप र आभा चन्दले भिवर्स च्वाईसको उपाधि जिते ।

अभिनेता गजित बिष्ट, प्रदीप खड्का, अधिवक्ता प्रतिमा कार्की, गीतकार तथा प्रहरी बरिष्ट नायव निरिक्षक पुरुषोत्तम सानु र शिक्षा सेवी पूर्ण लामा सो प्रतियोगिताको निर्णायक रहेका थिए ।

रिवन इन्टरटेनमेन्टको सहकार्यमा सम्पन्न सो प्रतियोतिको कोरियोग्राफी अन्तराष्ट्रिय कोरियोग्राफर अश्विनी कान्त झाले गरेका थिए । सजना तजिना तामाङ र भरत सामरीले आयोजना गरेको सो प्रतियोगिता बालबालिकाहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिको लागि आयोजना गरिएको कार्यक्रममा जानकारी गराईयो ।

कार्यक्रमका अतिथिमा अभिनेता प्रेम पाण्डे, सञ्चारकर्मी तथा म्युजिक भिडियो निर्देशक सूर्य चन्द, गायिका सरिता भारतीलगायत थिए । कार्यक्रममा भरत सामरीले आफ्ना गीतहरु प्रस्तुत गरेर दर्शकको मन जिते ।