डा. आयुष्नोभा सहित ‘मिस यूनिभर्स नेपाल २०२२’का २० प्रतिस्पर्धी क्लोज क्याम्पमा


ब्यटी न्युज नेपाल
काठमाडौं, ३० साउन

सबैका लागि स्वास्थ्य अभियानकी अभियान्ता डाक्टर आयुष्नोभा ढुँगाना यतीबेला ‘मिस यूनिभर्स नेपाल–२०२२’को क्लोज क्याम्पमा छिन् । यो प्रतियोगिताका अन्य १९ प्रतियोगीसँगै डा. आयुष्नोभा पनि सोमबार (आज)बाट १० दिने क्लोज क्याम्पमा छिन् ।
उनीहरुलाई यतीबेला बरिष्ट अभिनेता एवम् कोरियोग्राफर प्रशान्त ताम्राकारले कोरियोग्राफी गरिरहेका छन् । ताम्राकारको मातहतमा रहेर आफुहरुले अब १० दिन विविध प्रशिक्षण लिएपछि बल्ल आगामी ९ भदौमा मिस यूनिभर्स नेपालको फाईनलमा उत्रने डा. आयुष्नोभाले बताएकी छिन् ।

‘आईतबार पहिलो पटक हामी प्रेसमित्रमा उत्रियौं । त्यहाँ हामीले छोटो परिचय दिएपछि आजबाट हामी क्लोज क्याम्पमा सहभागी भएका हौं र अब विभिन्न प्रशिक्षण सम्पन्न गरेर हामी ग्रान्ड फिनालेमा उत्रने छौं ।’

बँगलादेशबाट छाला रोग सम्बन्धि चिकित्सा अध्ययन सकेर गत वर्ष नेपाल आएकी आयुष्नोभा यतीबेला नेपालमा सेवारत छिन् । सुरुमा मानिसको प्रत्यक्ष रुपमा छाला नै देखिने भएकाले आफुले यो विषय रोजेको र अहिले डक्टरको रुपमा नेपालमा छोरा रोग सम्बन्धि सेवा दिँदै आएको उनले बताएकी छिन् । नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउँदै डक्टरहरु पनि सौन्दर्य क्षेत्रमा समेत अब्बल छन भनेर प्रमाणित गर्नका लागि आफुले मिस युनिभर्स नेपालमा भाग लिएको डा. आयुष्नोभाले बताएकी छिन् ।

काठमाडौंको याक एन्ड यति होटलमा आइतबार बेलुका आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा डा. आयुष्नोभा सहित २० जना प्रतिस्पर्धीहरुलाई रेड कार्पेटमा उतारेर छोटो परिचय गराईएको थियो । यो प्रतियोगिताको निर्देशक तथा पूर्व मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठका अनुसार अब क्लोज क्याम्पमा विभिन्न प्रशिक्षण लिएपछि प्रतियोगीहरु फाईनलमा उत्रने छन् ।

उत्कृष्ट २० मध्ये सोसल इम्प्याक्टर लिडर विधाको विजेता र पिपुल च्वाइस अवार्डको विजेताले उत्कृष्ट १० मा सोझै प्रतिस्पर्धा गर्न पाउनेछन् । मिस युनिभर्स नेपालको बिजेताले ७१ औं मिस युनिभर्स २०२२ मा नेपालको प्रतिनिधित्व गर्दै भाग लिने छन् । यसबर्षको ‘मिस यूनिभर्स नेपाल’को विजेताले १० लाख रुपैयाँ र इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने छन् ।

यसबर्षको ‘मिस यूनिभर्सको प्रतियोगिमा डा. आयुष्नोभा ढुँगानासँगै विपना अधिकारी, दिक्षा खाती, आकृती मानन्धर, सामना कार्की, प्रियांशु महत्त, श्रृष्टी हाडा, जाश्मिन खड्का, मोनिका चौधरी, अनु अनमोल क्षेत्री, श्रृष्टी तामाङ्ग, मोनालिजा पराजुली, रिजु खड्का, मेनुका चौधरी, सोफिया भुजेल, रजनी मिश्रा, रुप्सी श्रेष्ठ, प्रतिभा महर्जन र आश्मा केसी रहेका छन् ।