साया भण्डारीलाई सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो मोडल अवार्ड

सरिता भारती/ब्युटी न्युज नेपाल
काठमाडौं, १६ असार

नेपाली मोडलिङ क्षेत्रमा स्थापितत नाम हो साया भण्डारी । स्टार वन इन्टरटेनमेन्ट र विलक्षण क्रियसनको आयोजनामा गत साता काठमाडौंमा सम्पन्न तेश्रो नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०७९ मा साया भण्डारीले लोक दोहोरी गीतको म्युजिक भिडियोबाट सर्वोत्कृष्ट महिला मोडलको अवार्ड हाँसिल गरिन् । उनले सूर्य खड्का र सिता श्रेष्ठको स्वरमा रहेको चरी बनैमा लोक दोहोरी गीतको म्युजिक भिडियो मोडलबाट यो अवार्ड चुमेकी हुन् ।

म्युजिक भिडियो मोडलिङमा यो उनको पाँचौ अवार्ड हो । पहिलो पटक उनले ४ वर्ष अघि वर्षको सर्वोत्कृष्ट म्युजिक भिडियो महिला मोडलको रुपमा नेशनल इपिक नेपाल म्युजिक अवार्ड हाँसिल गरेकी थिईन् । त्यसपछि हालसम्म उनले राष्ट्रिय लोक तथा दोहोरी गीत म्युजिक भिडियो मोडल अवार्ड हुँदै नेपाल म्युजिक एन्ड फेसन अवार्डसम्म आईपुग्दा पाँच वटा अवार्ड हाँसिल गरिसकेकी हुन् ।

यसरी विभिन्न अवार्ड हाँसिल गरेर आफुलाई यो क्षेत्रमा स्थापित गर्न सफल साया नेपाली म्युजिक भिडियोमा व्यस्त मोडलको रुपमा परिचित छिन् । सायाले मोडलिङ गरेको आधा दशक नाघ्यो । यही क्षेत्रमा उनले नाम, दाम र सम्मान हाँसिल गरेकी छिन् ।

६ वर्ष अघि पहिलो पटक म्युजिक भिडियोमा मोडलिङ गर्दा उनलाई निकै रमाईयो लागेको थियो । आफुले अभिनय गरेको म्युजिक भिडियो टेलिभिजन तथा युट्युव च्यानलबाट रिलिज हुँदा त्यतिबेला सायामा खुसीको सिमा थिएन । त्यो भिडियो हेरेर सबैले प्रसँसा गरेपछि उनलाई आफुले छानेको यो पेशा मन पर्यो । त्यसपछि उनले म्युजिक भिडियो अभिनयमा निरन्तता दिएको बताईन् ।

यो क्षेत्रमा आफुले निकै राम्रो पारिश्रमिक पाउँदै आएको सायाले बताईन्,‘म्युजिक भिडियोमा मेहनत गरे अनुसार पाउँदै आएको पारिश्रमिकले म निकै खुसी छु । म्युजिक भिडियोमा मोडलिङ गर्ने नेपाली मोडलहरुमा म निकै राम्रो पारिश्रमिक लिने मोडलमा पर्छु भनेर संगीत क्षेत्रका कलाकारहरुले मुल्याँकन गरेकोमा यो क्षेत्रमा अझ अघि बढ्न प्रेरणा मिलेको छ ।’

हालसम्म करिब पाँच सय वटा म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी सायाले यही प्रेरणाका कारण अझ धेरै म्युजिक भिडियोमा उत्कृष्ट अभिनय गरेर दर्शकको मन निरन्तर जित्ने बताएकी छिन् ।