ब्युटी न्युज नेपाल
सुर्खेत, १५ असार

चलचित्र ’झिँगेदाउ’को प्रचार थालिएको छ । यो फिल्म आगामी १७ भदौमा रिलिज हुँदैछ । रिलिजको तीन महिना अघिबाट टाइटल (प्रि) टिजर सार्वजनिक गर्दै यतीबेलाबाट प्रचार थालिएको छ । निर्देशन ज्ञानेन्द्र देउजाले सार्वजनिक टाइटल टिजरबाट सिनेमाको कथासार बुझाउन खोजेकोे बताए । सार्वजनिक ३० सेकेण्डको टिजरमा झिँगा, सिक्का र मुख्य अभिनेत्री केकी अधिकारीको स्वर सुन्न सकिन्छ ।

सिनेमाको पोस्ट प्रोडक्सनको सम्पुर्ण काम सकिएकाले अब आफु पुर्ण रुपमा सिनेमाकको प्रचारमा केन्द्रित रहेको निर्देशक देउजाले बताए ।

सिनेमामा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टको मुख्य भुमिका रहेको छ । सिनेमामा केही र आँचल जेठानी देउरानीको भुमिकामा देखिने छन् । फिल्मको गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको सिनेमामा अर्जुन पोखरेलको संगीत, बिष्णु कल्पित घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको सिनेमाका सह–निर्माताको रुपमा सुशिल दाहाल र ईश्वर घिमिरे रहेका छन् ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको सिनेमा भिमनिधि तिवारीको कथा ’झिँगेदाउ’मा आधारित रहेको छ ।