प्रिमियरमा रुचाईयो घनचक्कर, शुक्रबारबाट देशव्यापी सिनेमा हलमा रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं, १० असार

सिनेमामा सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, जेवी डिसी, प्रवण भूसाल, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, जनक घर्तिमगर, दामोदर पौडल लगायतको अभिनय रहेको चलचित्र घनचक्कर आज शुक्रबाट देशव्यापी सिनेमा हलमा रिलिज भएको छ ।

रिलिजको अघिल्लो साँझ बिहिबार बेलुका यो फिल्मको काठमाडौंमा प्रिमियर गरियो । प्रिमियरमा सहभागी सिनेकर्मी तथा सञ्चारकर्मीले फिल्मको खुलेर प्रसँसा गरे ।

गाउँबाट काठमाडौं आएर सँघर्ष गरेका युवाहरुका सँघर्ष कथामा यो चलचित्र निर्माण गरिएको छ । सिनेमामा हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ताको रुपमा रहेका छन् ।

हास्य प्रधान यो चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन् । सिनेमामा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य र देव कोइमीको संगीत, मित्र डि गुरुङको सम्पादन रहेको छ । सिनेमालाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गरेका हुन् ।

कमेडी जनराको सिनेमामा करुना अर्याल र संगम भट्टको लगानी छ । भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । सिनेमामा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सह–निर्माताको रुपमा रहेका छन् ।
फिल्म मुलुकका ६ दर्जन भन्दा बढी सिनेमा हलबाट रिलिज भएको हो ।