अवार्ड प्रदान गर्दै दोश्रो स्पानी बाबलर इन्टरनेशलन फिल्म फेस्टिबल सम्पन्न


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ बैशाख

उत्कृष्ट फिल्मलाई अवार्ड प्रदान गर्दै काठमाडौंमा आईतबार दोश्रो स्पानी बाबलर इन्टरनेशनल फिल्म फेस्टिबल सम्पन्न भएको छ । फेस्टिबलमा नेपाली तथा बिदेशी लामा, छोटा चलचित्रलाई विभिन्न विधामा पुरस्कृत गरियो ।

सो अवार्ड समारोहमा अन्तराष्ट्रिय तर्फ फिलिपिन्सको फिल्म ‘हिरो’ उत्कृष्ट भयो । यही फिल्मबाट रोदेन पिङ्गोल रामोसले उत्कृष्ट निर्देशकको अवार्ड जिते । यस्तै इरानको फिल्म क्राउबाट आलाईकबार खोदासेनस्ले उत्कृष्ट डिओपीको अवार्ड हाँसिल गरे भने भारतको फिल्म थाल्लापिजाबाट साईनी दिपक माथ्वेले उत्कृष्ट स्कृप्टको अवार्ड प्राप्त गरे ।

महोत्सब बिदेशी तथा स्वदेशी लामा छोटा चलचित्र प्रदर्शन गरिएको थियो । नेशलन तर्फको प्रतिस्पर्धामा उत्कृष्ट नेशनल सर्ट फिल्मको अवार्ड आशुका अर्यालको फिल्म कन्फ्युजनले हाँसिल गरेको छ भने उत्कृष्ट नेशलन निर्देशकको अवार्ड फिल्म आईसक्रिमबाट सँगीता श्रेष्ठले हाँसिल गरेकी छिन् । यस्तै सर्ट फिल्म तर्फ नै उत्कृष्ट मोटिभेस्नल सर्ट फिल्मको अवार्ड फिस्ट सेक्रिफाईले हाँसिल गरेको छ । यस्तै मोटिभेस्नल स्कृप्टको अवार्ड पनि फिल्म सेक्रिफाईबाट मुरलीधर आचार्यले, छायाँकारको अवार्ड फिल्म दाम्लोबाट दीपकचन्द्र ठकुरीले, उत्कृष्ट कथा पटकथाको अवार्ड फिल्म मातृबाट प्रशन्न मल्लले, इन्स्पायर डिओपीको अवार्ड फिल्म सेक्रिफाईबाट छायाँकार केदार राईले हाँसिल गरे । सो महोत्सबमा उत्कृष्ट फिल्म सम्पादकको अवार्ड फिल्म अन्तकबाट अशोक पाठकले हाँसिल गरे ।

महोत्सबमा स्वदेशी तर्फ नेशलन फिचर फिल्म तर्फको प्रतिस्पर्धामा उत्कृष्ट फिल्मको अवार्ड चलचित्र टुल्कीले जितेको छ । उत्कृष्ट निर्देशकको अवार्ड फिल्म प्रेम गीत–२ (भोजपुरी)बाट सानु खत्री, उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ध्रानबाट सागर छिरिङले, उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र लोभी पापीबाट कृति बानियाँले, उत्कृष्ट नृत्य निर्देशकको अवार्ड चलचित्र ध्रानबाट अजय स्याङतानले र उत्कृष्ट सम्पादकको अवार्ड चलचित्र लोभिपापीबाट बन्देप्रसादले हाँसिल गरेका छन् ।

महोत्सबमा सहभागी फिल्महरुबाट उत्कृष्ट विधाको बिजेताहरु चयन गरिएको महोत्सबका निर्णायक प्रमुख माधवराज खरेलले कार्यक्रममा बताए । गीतकार डब्बु क्षत्री, संगीतकार दीपक शर्मा, राजेन्द्र बजगाईं, सामाजिक अभियान्ता इनु थापा, गायक पूर्ण राई, ध्वनी सम्पादक मनोज परियारसहित ११ जनाको निर्णायक समुहले फिल्मको विभिन्न विधाको बिजेता चयन गरेको हो ।

स्पेनी ब्याबरल मूभि प्रालिले आयोजना गरेको सो महोत्सबमा पूर्व अर्थमन्त्री भिमसेन दास प्रधानले अवार्ड बिजेताहरुलाई अवार्ड प्रदान गर्दै सबैलाई शुभकामना दिए । फिल्मले समाज परिवर्तन गर्ने भनाई उनले कार्यक्रममा राखे ।

स्पानी बाबलर इन्टरनेशनल फिल्म फेस्टिबलका फेस्टिबल निर्देशक डा. हुसेन्ड अजादले नेपाली र बिदेशी फिल्मको चलचित्र संस्कृति आदन प्रदानकालागि आफुहरुले बिगत दुई वर्षदेखि यो फिल्म महोत्सब आयोजना गर्दै आएको कार्यक्रममा बताए । नेपाली चलचित्र तथा गीत संगीत क्षेत्रमा योगदान पु¥याएका राजन थापा, राजन खरेलसहित विभिन्न ब्यक्तिहरुलाई सम्मान गरियो ।