ब्युटी न्युज नेपाल
काठमाडौं, १८ बैशाख

म्युजिक भिडियो निर्देशक विधान कार्कीको अध्यक्षतामा नेपाल म्यूजिक भिडियो निर्देशक समाजमा नयाँ कार्य समिति चयन भएको छ । शुक्रवार राजधानीमा आयोजित समाजको प्रथम साधारण सभा तथा अधिवेशनबाट संस्थापक अध्यक्ष विधान कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । समाजको प्रथम उपाध्यक्षमा देवेन्द्र पान्डे र द्वितिय उपाध्यक्षमा निकेश खड्का निर्विरोध चुनिएका छन् ।

त्यस्तै, महासचिवमा सुव्रतराज आचार्य, सचिवमा प्रकाश घिताल, कोषाध्यक्षमा वविता श्रेष्ठ र सह–कोषाध्यक्षमा डि.आर सुजन (डिल्लीराम रेग्मी) चयन भए । सदस्यहरुमा भने कृष्णदेश रुपाखेती, सुरेन्द्र बसेल, देवेन्द्र कुँवर, जनक बहादुर सिंह, लक्षु गौतम, दयाराम घिमिरे, नरेन्द्र विष्ट (गम्भीर) र देवराज आचार्य चयन भएका छन् ।

नयाँ कार्यसमितिले पद तथा गोपनियताको सपथ ग्रहण गरेपछि कार्यसमितिको पहिलो बैठकले उपाध्यक्ष र सह सचिव पदमा मनोनित गरेको छ । उपाध्यक्षमा निशान घिमिरे र सह सचिवमा समन अधिकारी मनोनित भएका हुन् । योसँगै नेपाल म्यूजिक भिडियो निर्देशक समाजको कार्यसमिति १७ जनाको भएको छ । यो कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

समाजको साधारण सभाका प्रमुख अतिथि एवम् बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले नयाँ कार्यसमितिको सफलताको कामना गर्दै म्युजिक भिडियो निर्देशकहरुको हक हितमा यो संस्थाले उल्लेख्य कार्य गर्ने विश्वास व्यक्त गरे । यस्तै नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह,

गीतकार एवम् म्युजिक भिडियो निर्देशक, समाजका सल्लाहकार डब्बु क्षत्री, अर्जुन पोरखेल, दीपक शर्माले पनि समाजको नयाँ कार्यसमितिलाई बधाई दिँदै म्युजिक भिडियोको बिकाशमा समाजको उल्लेख्य योगदान रहने विश्वास व्यक्त गरे ।

समाजको अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि विधान कार्कीले अब समाजले निर्देशकहरुको हकहितका लागि लड्न कुनै कसर नछाड्ने बताए । म्यूजिक भिडियोहरुलाई व्यवस्थित गर्न, निर्देशकहरुको समस्यालाई सम्बोधन गर्न, म्यूजिक भिडियोको प्रवद्र्धन, विकास एवं विस्तारका लागि नयाँ सोच र योजना अनुसार समाज अगाडि बढ्ने उनको भनाई छ ।