मेचुको तिम्रो सम्झनामा रोहिणी र लक्ष्मणको रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ बैशाख

गायिका मेचु धिमालको स्वर नयाँ गीत तिम्रो सम्झना…को भिडियो यतीबेला दर्शकमाझ आएको छ । ओएसआर डिजिटलबाट यो गीतको भिडियो रिलिज भएको हो ।

यो गीतलाई राजु लामाले लेखेका हुन । जसमा संगीत पनि राजु लामाकै रहेको छ ।

प्रेम भावले ओतप्रोत यो गीतको भिडियो पनि प्रेम कथामा तयार गरिएको छ । भिडियोमा अभिनेत्री तथा मोडल रोहिणी मिश्रसँगै लक्ष्मण देवकोटाको अभिनय रहेको छ । उनीहरुले यो गीतको भिडियोमा भरपुर रोमान्ससँगै बेदना सरफेर गरेको पनि देख्न पाईन्छ ।
भिडियो आकर्षक बनेको छ । यो भिडियोमा अर्जुनको छायाँकन, विनोद बमको सम्पादन र शोभा मिश्रको निर्देशन रहेको छ ।