ब्युटी न्युज नेपाल
काठमाडौं, १० बैशाख

अभिनेता राजेश हमालले फिल्म नखेलेको पाँच वर्ष भयो । उनी केही वर्ष यताबाट म्युजिक भिडियोमै व्यस्त छन् । उनले धेरै म्युजिक भिडियो खेरेर नेपाली संगीत क्षेत्रलाई ठुलो गुन लगाएको भन्दै राजेश हमाललाई यतीबेला काठमाडौंमा संगीत क्षेत्रबाट बृहत सम्मान गरिएको छ ।

राष्ट्रिय संगीतकर्मी संघले काठमाडौंमा उनलाई यसरी सम्मान गरेको हो । पछिल्लो समय केही गीत समेत रेकर्ड गराएर गायनमा लागेका राजेश हमाल अब संगीतकर्मी संघको सदस्य पनि बन्दै छन् । उनले आफुलाई नायकसँगै गायकको रुपमा पनि प्रस्तुत गर्न थालेका छन् ।

सोही कारण प्राय राजेश हमाल म्युजिक भिडियोको छायाँकनमै व्यस्त हुने गरेका छन् । अझ नायक पल शाह जेल परेपछि महानायक राजेश हमाललाई म्युजिक भिडियोमा अभिनय गर्न भ्याई नभ्याई भएको छ । यसरी गायन क्षेत्रमा लाग्नुका साथै म्युजिक भिडियोमा निरन्तर अभिनय गरेर नेपाली संगीत क्षेत्रलाई विशिष्ट योगदान पु¥याएको भन्दै महानायक राजेश हमाललाई काठमाडौंमा एक समारोहबीच सम्मानित गरिएको हो । म्युजिक भिडियोमा योगदान दिएको भन्दै राष्ट्रिय संगीतकर्मी संघ नेपालले अभिनेता हमाललाई शनिबार काठमाडौंमा सम्मान गरेको हो ।

संघका अध्यक्ष बिक्रम जंग शाह, निवर्तमान अध्यक्ष राजेन्द्र कार्की तथा केन्द्रिय पदाधिकारीहरुले हमाललाई सो सम्मान प्रदान गरेका हुन् । तीन दशक भन्दा लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय रहँदै आएका हमालले चलचित्रसँगै पछिल्लो समय आफ्नो अभिनयबाट म्युजिक भिडियो मार्फत नेपाली गीत संगीत क्षेत्रलाई पुर्याएको योगदानको कदर स्वरुप सो सम्मान गरिएको सम्मान पत्रमा उल्लेख थियो ।

अभिनेता हमालले सो सम्मानको लागि धन्यबाद ज्ञापन गर्दै आफु पनि नेपाली संगीत परिवारको सदस्य जस्तै र संगीत क्षेत्रको एक हिस्सा भएको बताए । आफुले अभिनय गरेको विभिन्न गीतहरुको स्मरण गर्दै म्युजिक भिडियो अभिनयलाई निरन्तता दिने प्रतिबद्धता सो क्रममा उनले बताए ।

सो क्रममा राष्ट्रिय संगीतकर्मी संघ नेपालद्धारा प्रकाशित २०७९ सालको भित्तेपात्रे पनि अभिनेता हमाल सहित सो संघका पदाधिकारीले बिमोचन गरे ।

सो क्रममा संघका अध्यक्ष बिक्रम जंग शाहको जन्म उत्बस पनि विभिन्न कार्यक्रम गरेर मनाईयो । सो क्रममा अध्यक्ष शाहलाई महानायक राजेश हमाल सहित विभिन्न व्यक्तिहरुले जन्म दिनको शुभकामना व्यक्त गरे । संघका अध्यक्ष शाहले अभिनेता हमालले नेपाली चलचित्र तथा गीत संगीत क्षेत्रमा आफ्नो अभिनयबाट पुर्याएको योगदानको चर्चा गरे ।