राजधानी समाचारदाता
काठमाडौ ९ बैशाख

नयाँ फिल्म ’हाम्रो स्वर्ग’ जुम्लाको पटमारा बाट छायांकन सुरुगरेको छ । निर्देशक शोभित बस्नेतको निर्देशनमा यो चलचित्रको छायाँकन सुरु भएको हो । फिल्ममा मेनुका माझी, नबदत्त न्यौपाने, सुइन्जा सुनाम, शान्ता दाहाल, लाल बाहादुर रोकाया लगाएत कलाकारको मुख्य भूमिका रहेको छ ।

फिल्ममा, ज्ञान कुमार कटेल छायाकन।समीर मियाको सम्पादन रहने छ निर्देशक बस्नेतका अनुसार फिल्ममा यार्सागुम्बा टिप्ने मान्छेहरुको कथालाई चित्रण गरिनेछ । कर्णाली प्रदेशबासीको भाषा भेषभुषा र रहनसहनलाई प्रस्तुत गरिने फिल्मले एउटा पृथक र वास्तविक कथा भन्ने निर्माण पक्षले जनाएको छ । फिल्म कर्णाली प्रदेशका हुम्ला जुम्ला डोल्पा मुगु कालिकोट जाजरकोट लगायत १० वटै जिल्लामा छायांकन गरिनेछ ।

एनएसके मिडिया नेपालको व्यानरमा निर्माण हुने फिल्ममा शान्ता शर्माको लगानी रहनेछ । फिल्ममा नवदत्त न्यौपानको संगीत, रामकृष्ण बुड्थापाको कथा र रामजी राउतको मुख्य सहायक निर्देशक रहेको छ ।