सरिता भारती/ ब्युटी न्युज नेपाल
काठमाडौं, ८ बैशाख

नायिका केकी अधिकारीले बिहिबार सुटुक्क विवाह गरेकी छिन् । हुन त बैशाख ७ गते बुधबार नै उनले विवाह गरेको समाचार मिडियामा आएको थियो । तर बहिबार मात्र उनी रियल लाईफमा विवाह सम्बन्धमा बाँधिएकी हुन् । यस अघि रिल लाईफमा थुप्रै नायकको बेहुली बनेकी यी नायिका यस पटक रियल लाईफमा ब्यबसायी रोहित तिवारीको बेहुली बनेकी हुन् ।

अभिनेत्री केकी अधिकारीले आफ्नो विवाहको समाचारलाई अन्तिम अबस्था सम्पन्न पनि लुकाउन चाहिन् । तर उनको मेहन्दी समारोहको तस्बिर सार्वजनिक भएपछि बल्ल सबैले उनी दाम्पत्य सम्बन्धमा बाँधिदै छिन भन्ने जानकारी पाए । विहिबार दम्पत्य सम्बन्धमा बाँधिएकी यि नायिकाले आफ्नो बेहुलीका कपडा डिजाईन गर्नेलाई समेत विवाहको कुरा लुकाएकी थिईन् । एउटा फिल्मको छायाँकनको लागि भनेर उनले बेहुलीको कपडा सिलाएकी थिईन् । त्यतिमात्र हैन, उनले मेहेन्दी लगाउने देखि आफ्नो नङ सजाउने ब्युटी एक्सपर्टलाई पनि आफ्नो विवाह हुँदैछ भन्ने जानकारी दिईनन् । तपाईको त विवाह हुँदैछ रे नी भनेर ती ब्युटी एक्सपर्टहरुले सोधेको जिज्ञासामा यि नायिकाले आफ्नो नभएर ठुली आमाको छोरीको विवाह हुँदैछ । त्यसैको लागि नेल र मेहन्दी लगाउन आएको भनेर आफ्नो विवाह हुने खबर लुखाएकी थिईन् ।

अखिर केकीले किन यसरी आफ्नो विवाहको खबर विवाह अघि सबैसँग लुकाईन चाहिन् । यतीबेला यो प्रश्न प्रति धेरैको चासो छ । आफु र परिवारको चाहना अनुसार उनले विवाहको पूर्व खबर लुकाएको बताईएको छ । अभिनेत्री केकी मात्र हैन । ब्यबसायी रोहित समेत आफुहरुको विवाह सानो समारोहबीच होस भन्ने चाहन्थे । रोहितले समेत आफ्नो कार्यालयका कर्मचारीलाई समेत विवाह बारे खुलेर जानकारी गराएका थिएनन् । अन्तत नितान्त दुई परिवारका सदस्यबीच यी दुईले विवाह गरेका हुन् ।

रोहित र केकीले बिहिबार दिउँसो काठमाडौंको एक होटलमा दुबै तर्फका परिवारका सदस्यबीच हिन्दु परम्पार अनुसार विवाह सम्पन्न गरेका हुन् । श्रीमान् रोहित तिवारी हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह–संस्थापक तथा सीइओ हुन् । उनी आफैं यो व्यबसायमा आएका हुन् । छोटो सँघर्षमा आर्थिक सम्पन्नता हाँसिल गरेका रोहितसँग केकीको एक वर्ष अघि एउटा समारोहमा भेट भएको थियो । त्यसपछि रोहितले केकीको धेरै नै केयर गर्न थाले । उनीहरुबीच प्रेम सम्बन्ध बढ्दै गयो । सोही सम्बन्धलाई सार्थक तुल्याउँदै यी जोडी बिहिबार दाम्पत्य सम्बन्धमा बाँधिएका हुन् ।

आफ्नो विवाहमा युट्युव मिडिया समेत आउने अबस्था रहेकाले पनि मिडियाबाट केकीले विवाह समारोहलाई गोप्य राखेको बताईन्छ । अन्य नायिकाको विवाह समारोहमा युट्युव मिडिया पुगेको कतीपय नायिकालाई मन परेको थिएन । केकीलाई पनि यो कुरा मन परेको थिएन । चलचित्र क्षेत्रको ठुलो सर्कल भएका कारण विवाहमा सबैलाई बोलाउन सम्भव पनि थिए । यस्तै थुप्रै कारणले गर्दा केकी र रोहितले आफुहरुको विवाह समारोहलाई नितान्त गोप्या राखे । उनले आफुहरुको विवाहको खबर बाहिर नजावस भनेर मेहेन्दी देखि विवाह समारोहमा सहभागी हुनेलाई मोवाईल समेत निषेध गरेको आफन्तले बताएका छन् । विवाह सम्पन्न भएपछि सामाजिक सञ्जालमा तीन थान फोटो सार्वजनिक गरेर आफुहरुले विवाह गरेको जानकारी गराए । अब उनीहरुले विवाहको रिसेप्सन पार्टी भने सबैलाई बोलाएर दिने बताईएको छ ।

हुन त पछिल्लो समय बलिउडका अभिनेता अभिनेत्रीले सुटुक्क विवाह गरेर सबैलाई बोलाई भव्य रिसेप्सन पार्टी दिने गरेका छन् । अभिनेत्री केकीले पनि बलिउडका सेलिब्रेटीको त्यो शैलीलाई अपनाएकी छिन् । विवाह मात्र हैन, केकीले आफुहरुको प्रेम सम्बन्ध नै गोप्या राखेकी थिईन् । एक वर्ष अघि भेटघाट भए यताबाट केकी र रोहित प्रेम सम्बन्धमा थिए । केकीले यो कुरालाई मिडियाबाट पूर्ण रुपमा गोप्य राखेकी थिईन् । उनका सिमित साथीहरुलाई मात्र यो कुरा थाहा थियो । ती साथीहरुलाई पनि उनले रोहित आफ्नो बेष्ट फ्रेन्ड भएको बताउँदै आएकी थिईन् ।

यसरी उनले प्रेम र विवाहको खबसर लुकाउँदै आए पनि केकी सहित केही नायिकाको यो साता विवाह हुँदैछ भन्ने चर्चा केही दिन यताबाट चल्दै आएको थियो । दुलाहासँग केकीको मेहेन्दी समारोहको फोटो बुधबार बेलुका एम एम नेपालका एक पत्रकारले सार्वजनिक गरेका हुन् । ती पत्रकारलाई पनि बेहुला रोहितको आफन्तले सिुटुक्क म्यासेन्जरमा पठाएका थिए । बुधबार साँझ त्यो तस्बिर सार्वजनिक भएपछि केकीको विवाहको चर्चा भाईरल भएको हो ।

केकी र रोहितले दम्पत्य जीवनको थालनी गरेको छन् । विवाहको तीन वटा तस्बिर फेबसुकमा सार्वजनिक गर्दै बिहिबार बेलुका केकीले यस्तो लेखेकी छिन्,‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु । कलाकारका रूपमा मेरा हरेक उतार–चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसककंग मेरो विवाहको शुभ समाचार बाँड्न पाउँदा हर्षित छु । जीवनको नयाँ अध्याय सुरू गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरुप यहाँहरूको आशिर्वादको अपेक्षा गरेका छौँ । यहाँहरूको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा विस्वस्त छौँ ।’

ब्युटी न्युज नेपालका तर्फबाट केकी र रोहितलाई वैवाहिक सम्बन्धको बधाईसँगै सफल दम्पत्य जीवनको लागि हार्दिक शुभकामना ।