सिल्ली फोको फस्ट लुक्स आयो


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ बैशाख

हास्य प्रधान चलचित्र ‘सिल्ली फो’ को फस्ट लुक्स पोष्टर सार्वजनिक गरिएको छ । आगामी ३१ असारमा रिलिज हुने भनिएको यो चलचित्रको फस्ट लुक्स सार्वजनिक गर्दै प्रचार थालिएको छ ।

राजबहादुर साने निर्देशित फिल्मको पोष्टर सार्वजनिक गर्दै रिलिज मितिको बारेमा निर्माण पक्षले जानकारी दिएको हो ।

फिल्ममा केकी अधिकारी, धीरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल(मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट(सागर), सौजन बोहोरा जयमन बिश्वकर्माको अभिनय रहेको छ ।

मनोज डिके निर्माता रहेको फिल्ममा विशाल श्रेष्ठ सह—निर्माता छन् । फिल्ममा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर, साहिल खानको ट्रेलर, रहेको छ । फिल्मको वितरणको जिम्मा श्रीराम बालाजी फिल्मसले लिएको छ ।