रेष्टुरेन्ट व्याबसायमा नेपाली नायक नायिकाहरु


ब्युटी न्युज नेपाल/सरिता भारती
काठमाडौं, ३ बैशाख

अभिनेता सलोन बस्नेत यतिबेला अभिनयसँगै रेष्टुरेन्ट ब्यबसायमा लागेका छन् । उनले पाटनमा एउटा रेष्टुरेन्ट सुरु गरेका हुन् । सलोन मात्र हैन, विभिन्न कलाकारहरु अहिले विभिन्न व्यबसायमा जोडिएका छन् । हुन पनि कोरोनाको कहरसँगै बिगत दुई वर्ष नेपाली चलचित्र उधोग नै धरासायी भयो । जसका कारण चलचित्रकर्मीहरु बेरोजगार जस्तै भए । चलचित्र नै निर्माण हुन छाडेपछि केही अभिनेता अभिनेत्रीहरुले अन्य व्यबसाय रोजेका हुन् ।

पछिल्लो समयका व्यस्त अभिनेता सलोनले नयाँबर्षको अवसर पारेर ललितपुरस्थित झम्सीखेलको बिग मार्ट अगाडि ‘आसन लाउन्च एण्ड बार’ सञ्चालनमा ल्याएका हुन् । उन १ करोडभन्दा बढीको लगानीमा यो सुरु गरेका हुन् । नयाँ वर्षको पूर्व सन्ध्याबाट सञ्चालनमा आएको यो लाउन्च तथा बारलाई अभिनेता सलोन र उनका साथी रबिन कँडेलले सँयुक्त लगानीमा सञ्चालनमा ल्याएका हुन् ।

अर्का अभिनेता सँजोग कोईराला पनि रेष्टुरेन्ट व्यबसायमा लागेका हुन् । अभिनेत्री वर्षा राउत र अभिनेता सँजोग कोईरालाले यस चेन कफी सप ‘केटिएम कफी’ सञ्चालनमा ल्याएका थिए । विवाहपछि यी जोडीले केही समय केटिएम कफी चलाए । यतीबेला भने अभिनेता सँयोग कोईराला र अभिनेत्री वर्षा राउत चिया अड्डा सञ्चालनमा व्यस्त छन् ।

यी जोडीले दीपकराज गिरी, दीपाश्री निरौलासँग मिलेर काठमाडौंको नयाँ वानेश्वरमा चिया अड्डा तीन वर्ष अघि सञ्चालनमा ल्याएका थिए । तर नेपालमा कोरोना आएपछि चिया अड्डा बन्द भयो । कोरोनाको अबस्था सामान्य भएपछि पछिल्लो समय चिया अड्डाको जिम्मा नायक सँजोग कोईरालाले लिएका छन् । काठमाडौंको नयाँ बानेश्वरबाट सुरु भएको चिडा अड्डा अहिले दरबार मार्ग, त्रिपुरेश्वर लगायत विभिन्न स्थानमा खुलेको छ । चिया अडडालाई सँजोग र बर्षाले चेन चिय पसलको रुपमा अघि बढाएका छन् । चियाँसँगै त्यहाँ अन्य विभिन्न खानाको परिवार पनि पाईन्छ ।

यस्तै अभिनेत्री नम्रता श्रेष्ठ पनि रोष्टुरेन्ट व्यबसायमा छिन् । काठमाडौंको मैतिदेवीको मुखमा उनले ‘एटिक बार’ सञ्चालन गर्दै आएकी छिन् । द एटिक बारमा उनको पटनरको रुपमा अभिनेता रेमन्तदाश श्रेष्ठ छन् । उनीहरुको यो एटिक बार कोरोना महामारी अघि काठमाडौंको लौनचौरमा रहेको थियो । कोरोना सुरु हुनु अघि नै एटिक बारलाई लौनचौरबाट मैतिदेवीको मोडमा पु¥याएको हो । नम्रताले अहिले यो बारलाई निकै भव्य रुपमा सञ्चालन गरेकी छिन् । काठमाडौंका राम्रो बार मध्य एटिक बार पनि एक हो ।

अभिनेत्री श्वेता खड्काले त करिब एक दशकदेखि रेष्टुरेन्ट ब्यबसाय सञ्चालन गर्दै आएकी छिन् । उनले अभिनेता श्रीकृष्ण श्रेष्ठसँग जोडिदा देखि नै होटल व्यबसायमा हात हालेकी थिईन् । गौशलाको इन्द्रेणी होटलमा त्यतिबेला लगानी गरेकी अभिनेत्री श्वेता त्यसपछि चेन कफी सपमा जोडिन पुगिन् । अभिनेत्री श्वेता केही वर्ष यताबाट ‘हिमालयन जाभा’ चेन कफी सपको सञ्चालनमा व्यस्त छिन् । श्वेताको काठमाडौंको दरबारमार्ग स्थित राईजिङ मलमा, कमलपोखरीको मार्कोपोलो बिजेनश होटलमा, बालुवाटार र अन्य विभिन्न स्थानमा हिमालय जाभा कफी सप रहेको छ । कफीसपसँगै उनले बालुवाटामा रेष्टरेन्ट पनि सञ्चालन गर्दै आएकी छिन् ।

हास्य कलाकारहरु पनि रेष्टुरेन्ट व्यबसायमा आबद्ध रहँदै आएका छन् । लोकप्रिय हास्य टेली सृँखला सक्किगोनीका कलकारहरु कुमार कट्टेल जिग्री, अर्जुन घिमिरे अर्थात पाँडे बुढा र हरि निरौला (कक्रोच) भएर काठमाडौंको डिल्लीबजारमा केही वर्ष यताबाट ‘इचिवान’ रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन् । यो रेष्टरेन्ट नेपाली चलचित्रका कलाकारको रोजाईको केन्द्र बनेको छ । नेपाली चलचित्र तथा टेली चलचित्रका विभिन्न कार्यक्रमहरु प्राय यही रेष्टुरेन्टमा सञ्चालन हुने गरेको छ । यसरी कलाकारहरुको साथले पनि जिग्री, पाँडे र कक्रोच आफ्नो रेष्टुरेन्ट चलाउन सफल भएका छन् ।

अग्रज अभिनेता शिब श्रेष्ठ पनि रेष्टुरेन्ट ब्यबसायमा जोडिएका छन् । शिब श्रेष्ठले पनि आधा दशक यताबाट रेष्टुरेन्ट सञ्चालन गर्दै आएका हुन् । काठमाडौंको भैसेपाटीमा नायक शिब श्रेष्ठले रेष्टुरेन्ट तथा क्याफे सञ्चालन गर्दै आएका हुन् । आफ्ना साथीहरुसँग मिलेर उनले सो रेष्टुरेन्ट सञ्चालन गरेका हुन् । अर्का अग्रज नायक गणेश लामाको पनि रेष्टुरेन्ट रहेको छ । ट्राभल व्यबसाय गर्दै आएका गणेश लामाले भैंसेपाटी जाने बाटो उकालोमा आफ्नै घरमा रोष्टुरेन्ट सञ्चालन गर्दै आएका छन् । शिब श्रेष्ठ र गणेश लामाको रेष्टुरेन्ट भैसेंपाटी क्षेत्रमा चलेको रेष्टेरेन्टको रुपमा चिनिएको छ ।