राष्ट्रपतिद्धारा बरिष्ट संगीतकार शम्भुजीत सहित कलाकार विभूषित


ब्युटी न्युज नेपाल
काठमाडौैं, १ बैशाख

बरिष्ट संगीतकार तथा संगीत रत्न शम्भुजीत बासकोटा नेपाल सरकारबाट शुसोभित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनी शुसोभित भएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली संगीतमा गौरबमय योगदान पुर्याएको भन्दै बासकोटालाई नयाँ वर्षको अबसरमा नेपाल सरकारका तर्फबाट सुकृतिमय राष्ट्रदिप तृतीय पदकबाट विभूसित गरेकी छिन् । उनीहरुलाई सितल निवासमा एक समारोहबीच सो पदकबाट विभूषित गरिएको छ ।

नेपाली चलचित्र, गीत संगीत तथा कला क्षेत्रमा योगदान पुरयाएका विभिन्न व्यक्तीहरु नयाँ वर्षको अबसरमा बिहिबार नेपाल सरकारबाट विभूसित भएका छन् । बासकोटा सहित सोही समारोहमा चलचित्र र गीत संगीत क्षेत्रबाट विभिन्न विभिन्न व्यक्तिहरु विभूसित भएका छन् ।
जस अन्तर्गत अभिनेता तथा चलचित्र निर्देशक रमेश बुढाथोकी, अभिनेत्री गौरी मल्ल, निर्माता निर्देशक तथा अभिनेता नवल खडका, अभिनेता हेमन्त बुढाथोकी, अभिनेत्री तथा चलचित्र निर्देशक दीपाश्री निरौला प्रबल जनसेवाश्री चतुर्थ श्रेणी पदकद्वारा बिभूषित भएका छन् ।

यस्तै चलचित्र क्षेत्रबाटै अभिनेता अनमोल केसी, अभिनेत्री केकी अधिकारी राष्ट्रपतिबाट जनसेवा श्री पन्चम श्रणीको पदकबाट समारोहमा विभूषित भएका छन् । सोही समारोहमा निर्माता तथा चलचित्र विकाश बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, चलचित्र निर्माता तथा निर्देशक मिलन चाम्स, कलाकार शिबशँकर रिजाल पनि राष्ट्रपतिबाट जनसेवा श्री पन्चम श्रेणीको पदकबाट विभूषित भएका छन् ।

कार्यक्रममा गीत संगीत क्षेत्रबाट प्रबल जनसेवा श्री चतुर्थ श्रेणी पदकद्वारा गायिका देविका बन्दना, लोक गायक चन्द्र शर्मा, गायक हेमन्त शर्मा बिभूषित भएका छन् । सोही समारोहमा लोक दोहोरी गायन क्षेत्रबाटै गायिका राधिका हमाल, दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, गायक प्रकाश सपुत गीतकार कस्तुप पन्त पनि प्रबल जनसेवाश्री पदकबाट विभूसित भएका छन् ।