अभिनेता सलोनले सुरु गरे रेस्टुरेन्ट व्यबसाय


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ चैत

कोरोनाका कारण नेपाली चलचित्रको बजार खस्किएका कारण नेपाली कलाकारहरुले अन्य पेशालाई पनि सहयोगी रुपमा अपनाउन थालेका छन् । यसै क्रममा अभिनेता सलोन बस्नेत पनि रेस्टुरेन्ट व्यबसायमा लागेको छन् । नयाँबर्षको अवसर पारेर उनले ललितपुरस्थित झम्सीखेलको बिग मार्ट अगाडि ‘आसन लाउन्च एण्ड बार’ सञ्चालनमा ल्याएका छन् । १ करोडभन्दा बढीको लगानीमा बुधबारबाट यो रेस्टुरेन्ट सञ्चालनमा आएको हो । अभिनेता सलोन र उनका साथी रबिन कँडेलले यो बार सँयुक्त लगानीमा सञ्चालनमा ल्याएका हुन् ।

बारमा इन्डियन, चाईनिज, कन्टिनेन्टल सबै प्रकारका खानेकुरा पाइने अभिनेता सलोनले बताए । ‘हाम्रोमा मिटिङ हल, सभा हलसँगै पार्किङ्ग सुविधा पनि छ । यहाँ १ सय ५० जनासम्मले आरामदायी सुविधासहित सेवा पाउनुहुनेछ’, सलोनले भने ।

नयाँ वर्षलाई लक्षित गरेर अबको केही दिनसम्म यहाँ हरेक दिन लाइभ म्यूजिक हुनेछ । बारमा सफिक हप ब्यान्डले गीत गाउने छन, । ब्यान्डको‘वकिङ फिलिली’ बोलको गीत अहिले चर्चामा छ ।