सुमनले अमेरिकाबाटै बनाए सर्ट फिल्म शंका


ब्युटी न्युज नेपाल
लेक्सिनटन, अमेरिका, १४ माघ

पछिल्लो समय अमेरिकामा रहेका नेपाली सिनेकर्मीहरु पनि सक्रिय हुँदै आएका छन् । यसै अमेरिकामा रहेर पनि चलचित्र, भिडियो निर्माण निर्देशनमा सक्रिय निर्देशक सुमन दाहालको निर्देशनमा अमेरिकाबाट नेपाली सर्ट फिल्म ‘शंका’ निर्माण गरिएको छ । यो सर्ट फिल्मलाई सम्राट क्रियसन युट्युव च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।

यो चलचित्रकोे छायाँकन अमेरिकाको दक्षिणपुर्वी राज्य केन्टकीको लेक्सिनटन शहर र यसका आसपासका क्षेत्रमा गरीएको थियोे । लघु चलचित्र शंकामा चुडामणी अवस्थी, सविता चैलागाइ केसी, बिष्णु डुम्रे, भुवन लोहनी, सन्दिप अर्यालसहितका कलाकारको अभिनय रहेको छ ।

चुडामणी अवस्थीको कथा, अक्की शर्माको छायांकन रहेको यो फिल्ममा सन्दिप अर्यालले ब्यबस्थापनको काम गरेका छन । जसमा भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । रेनिश फागोल् कलर र मुकेश साहको मिक्सिंग तथा एलिस कार्कीको पाश्र्व संगीत रहेको शंकामा सुदन डोटेल र सरोज प्याकुरेलले शबटाइटल गरेका छन ।

श्रीमान श्रीमती बिचमा हुने शंकाले कस्तो अबस्था निम्ताउछ भन्ने कुरा चलचित्रमा समेटिएको निर्माण पक्षले जनाएको छ । निर्देशक सुमनले भने, ‘हामीले पारिवारिक समस्याको विषयलाई उठाएर शिक्षा, सचेतना फैलाउने खालको सन्देश मुलक चलचित्र बनाएका छौ ।’
हालैमात्र उनले हेर्दा हेर्दै यो केटी, यो जीवन मिठो, तिमीसग छुट्टिएर सहित केही म्युजिक भिडियो पनि त्यहीँबाट निर्माण/निर्देशन गरेर सार्वजनिक गरिसकेका छन् ।

उनले केही महिना यताबाट आफ्ना निर्देशनमा नियमति रुपमा अमेरिकाबाटै ल्याक्सिनटन दोहोरी कार्यक्रम निर्माण एवम् प्रस्तुत गर्दै आएका छन् । मन परेपछि, नो स्मोकिङ जस्ता चलचित्र निर्देशन गरेका सुमन नेपाली चलचित्र निर्देशक समाजका पुर्व उपाध्यक्ष हुन् ।