किन दुख्छ मुटुमा माधव र लाजिनाको प्रेम आरोह अवरोह


ब्युटी न्युज नेपाल
काठमाडौँ, २८ मँसिर

गायिका अन्जु पन्तको स्वरमा बियोगान्त भावको गीत किन दुख्छ मुटु… सार्वजनिक भएको छ । यो गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतलाई हरी आचार्यले लेखेका हुन् । गीतमा नवीन कार्कीको संगीत तथा विशाल निरौलाको संगीत संयोजन रहेको छ ।

यो गीतको भिडियोमा माधव केसी, लाजिना सुवेदी, सिम्रन कार्की सङै गीतकार आचार्यले पनि अभिनय गरेका छन् । त्रिकोणात्मक प्रेमले निम्त्याएको समस्यालाई गीतको भिडियोमा प्रस्तुत गरिएको छ । गीतमा धन र मायालाई तुलना गरिएको छ । धन अगाडि माया फिक्का हुने गरेको तितो यथार्थ गीतले प्रस्तुत गरेको छ ।

यो गीतको भिडियोलाई मदन कस्यपले खिचेको हुन् । भिडियोको निर्देशन नवल नेपालले गरेका हुन् । भिडियोलाई ओएसआर डिजिटलबाट रिलिज गरिएको छ ।