दयाहाङलाई लिएर फिल्म बनाउँदै नविन सुब्बा


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ मँसिर

निर्देशक नविन सुब्बाले अभिनेता दयाहाङ राईलाई नायकको रुपमा लिएर नयाँ फिल्मको निर्माण सुरु गर्दैछन् । उनले नया चलचित्र गाउँ जाने बाटोको निर्देशन गर्न लागेको हुन् ।

मँगलबार ललितपुरमा एक समारोहबीच यो फिल्मको उनले निर्माण घोषणा गरेका छन् । नुमाफुङ लगायतका चलचित्र निर्देशन गरेका नविन सुब्बा एक दशकपछि चलचित्र निर्देशनमा फर्किन लागेका हुन् ।

यो चलचित्रमा दयाहाङ राई र पशुपति राईलाई मुख्य भूमिकामा छन् । बाँकी स्थानीय कलाकारलाई लिने नविनले बताएका छन् । नेपाली चलचित्रमा आफ्नो फरक परिचय बनाएका नविन सुब्बा जस्ता निर्देशकसँग काम गर्न आफु निकै उत्साहित भएको बताउँदै अभिनेता दयाहाङ राईले आफ्नो लागि यो ठुलो चुनौती हो भनेका छन् । अभिनेत्री पशुपति राईले नाटकमा काम गर्दै आएकोमा आफे चलचित्रमा काम गर्नु अबसरसँगै चुनौतीको रुपमा लिएको बताएकी छिन् ।

आफुले यसपटक राई समुदायको कथालाई यो चलचित्र मार्फत प्रस्तुत गर्न लागेको उनले पत्रकार भेटघाटका क्रममा बताएका छन् ।
यो चलचित्रको अर्को साताबाट भोजपुरको एक बिकट गाउँदेखि छायाँकन हुने भएको छ । उनले यो चलचित्र खिच्न बिदेशी छायाँकार नेपाल ल्याएका छन् ।

विभिन्न देशमा रहेका ६० जना भन्दा बढी व्यक्तिको सँयुक्त लगानीमा निर्माण हुन लागेको यो चलचित्र अन्तराष्ट्रिय बजारलाई लक्षित गरेर निर्माण गर्न लागेको पनि निर्देशक सुब्बाले पत्रकारहरुलाई जानकारी गराएका छन् ।